Thursday, November 5, 2026
Breaking
दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

व्यक्ति होइन, नीति देशभर पुग्नुपर्छ : चितवनमा लामिछाने

राजनीति By

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा जनप्रतिनिधिभन्दा नीतिगत काम महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत काम भइरहेको बताए । ‘जिम्मेवारी धेरै छ । तर व्यक्तिभन्दा प्रणाली आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रूपमा म ढिला आए पनि सरकार र पार्टीका नीतिहरू देशभर पुगिरहेका छन्,’ उनले भने, ‘हाम्रो उद्देश्य पनि त्यही हो । व्यक्ति आउनुभन्दा नीति आउनु पर्‍यो ।’

चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका सभापति लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् । रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछानेले आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीसँग सङ्गठनात्मक छलफल गर्नेछन् ।

सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *