Monday, November 9, 2026
Breaking
घट्टेखोलामा फेरि सुख्खा पहिरो, पोखरा–बागलुङ सडक अवरुद्ध आन्ताल्यामा कोप–३१ को पूर्ण बैठक उद्घाटन, नेपाली टोलीको नेतृत्वमा मन्त्री खनाल तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो सुरुमै विकेट गुम्दा पोखरासँग पराजित भयौं : पवन सर्राफ तीन महिनामा १७५ जना विदेशी नागरिकलाई नेपालबाट फर्काइयो घट्टेखोलामा फेरि सुख्खा पहिरो, पोखरा–बागलुङ सडक अवरुद्ध आन्ताल्यामा कोप–३१ को पूर्ण बैठक उद्घाटन, नेपाली टोलीको नेतृत्वमा मन्त्री खनाल तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो सुरुमै विकेट गुम्दा पोखरासँग पराजित भयौं : पवन सर्राफ तीन महिनामा १७५ जना विदेशी नागरिकलाई नेपालबाट फर्काइयो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन

समाचार By

काठमाडौँ । तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सोमबारको सचिवस्तरीय निर्णयका आधारमा मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो।

मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी अनुशासित रूपमा देउसी–भैलो खेल्न दिन भनेको छ। देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने मन्त्रालयको स्पष्ट निर्देशन छ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने भनिएको छ। विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने खालका अश्लील नृत्य, गीत, सङ्गीत तथा नाराको प्रयोगमा रोक लगाउन पनि मन्त्रालयले भनेको छ।

चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन नचलाउन आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ। अत्यधिक ठुलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि निर्देशन दिइएको छ।

सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्न सबैलाई सचेत गराइएको छ। देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई सूचित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको छ। मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा यसअघि २०८३ असोज २४ गते जारी सूचनाको समेत पूर्ण पालना गर्न भनिएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *