Monday, November 9, 2026
Breaking
तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो सुरुमै विकेट गुम्दा पोखरासँग पराजित भयौं : पवन सर्राफ तीन महिनामा १७५ जना विदेशी नागरिकलाई नेपालबाट फर्काइयो दिवालीको राति भारतभर आगलागी : २३ जनाको मृत्यु, कैयौँ घाइते मनसुन विपद्को डेढ महिनापछि अन्नपूर्णका सबै बस्तीमा सडक पुनः सञ्चालन तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो सुरुमै विकेट गुम्दा पोखरासँग पराजित भयौं : पवन सर्राफ तीन महिनामा १७५ जना विदेशी नागरिकलाई नेपालबाट फर्काइयो दिवालीको राति भारतभर आगलागी : २३ जनाको मृत्यु, कैयौँ घाइते मनसुन विपद्को डेढ महिनापछि अन्नपूर्णका सबै बस्तीमा सडक पुनः सञ्चालन

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो

समाचार By

खोटाङ । दूधकोशी नदीको जयराम क्षेत्रबाट बेपत्ता भएका ओखलढुंगाका २२ वर्षीय युवाको खोजीमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली रित्तो हात फर्किएको छ। दुई दिनसम्म नदीका विभिन्न सम्भावित ठाउँमा खोजी गर्दा पनि उनी फेला परेनन्।

बेपत्ता हुने युवक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका प्रख्यात राई हुन्। गत कात्तिक ४ गते राति साढे ९ बजे मानेभञ्ज्याङ–६ जाक्पामा आयोजना हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै उनी घरबाट निस्किएका थिए। तर उनी कार्यक्रमस्थलसम्म पुगेनन् र त्यसपछि उनीसँग सम्पर्क हुन सकेन। उनका बुवा प्रकाशहरि क्याम्पा राईका अनुसार प्रख्यात त्यस दिनदेखि नै सम्पर्कविहीन छन्।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी नायव निरीक्षक प्रकाश ढकालको नेतृत्वमा चार गोताखोरसहित नौ जनाको टोली खोजीमा परिचालन भएको थियो। टोलीले कात्तिक २१ र २२ गते जयरामदेखि दूधकोशीका सम्भावित क्षेत्रमा खोजी गर्‍यो। नेपाल प्रहरी, बेपत्ता युवाका परिवार र आफन्त तथा जनप्रतिनिधिको उपस्थितिमा जयरामदेखि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवासम्म खोजी गरिए पनि प्रख्यात भेटिएनन्।

यसअघि कात्तिक १६ गते मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेस हर्कपुरको टोलीले मानेभञ्ज्याङ–६ सोदुखोलादेखि हलेसी तुवाचुङ–२ डिकुवाको चारबोटेसम्म दूधकोशी किनारमा खोजी गरेको थियो। त्यो टोलीले पनि उनलाई फेला पार्न नसकेपछि खुर्कोटबाट गोताखोरसहितको टोली झिकाइएको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *