Wednesday, October 28, 2026
Breaking
दुवै हातले बलिङ गर्ने श्रीलंकाली खेलाडी रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्धित हलमा दर्शकको साथसँगै ‘कबड्डी ५’ पाँच दिनमा सात करोड पार चार स्वास्थ्य संस्थालाई शल्यक्रिया अभ्यासका लागि आधुनिक उपकरण कञ्चनपुरमा मिठाईमा कच्चा पदार्थ र मूल्य खुलाउनैपर्ने, अटेर गरे कारबाही आन्ध्र तटमा अर्नबको प्रवेश, ८९ हजारभन्दा बढी सुरक्षित स्थानमा इसराइलको प्रारम्भिक मतगणनामा नेतन्याहूको अग्रता, बहुमत भने टाढै दुवै हातले बलिङ गर्ने श्रीलंकाली खेलाडी रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्धित हलमा दर्शकको साथसँगै ‘कबड्डी ५’ पाँच दिनमा सात करोड पार चार स्वास्थ्य संस्थालाई शल्यक्रिया अभ्यासका लागि आधुनिक उपकरण कञ्चनपुरमा मिठाईमा कच्चा पदार्थ र मूल्य खुलाउनैपर्ने, अटेर गरे कारबाही आन्ध्र तटमा अर्नबको प्रवेश, ८९ हजारभन्दा बढी सुरक्षित स्थानमा इसराइलको प्रारम्भिक मतगणनामा नेतन्याहूको अग्रता, बहुमत भने टाढै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

नेपालमै राखेर भारतीय गाडीबाट तस्करी, भन्सारभित्रै सेटिङको आशंका

समाचार By

विराटनगर–१८, मटेरुवा नाकामा गत असोज ३१ गते दिउँसो सशस्त्र प्रहरीको टोलीले शङ्कास्पद अवस्थामा देखिएको भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु कार रोक्न खोज्यो। चालकले गाडी नरोकिकन हुइँक्याएर भागे। केहीबेरपछि उक्त कार दिउँसो ४ बजेर ५० मिनेट जाँदा विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाट नजिक भेटियो। चालकले भर्खरै भारतबाट आएजस्तो देखाएर अस्थायी पैठारी अनुमति, अर्थात् भन्सार छुटपुर्जी बनाउने प्रयास गरिरहेका थिए।

सशस्त्र प्रहरीले घेरा हालेर गाडी नियन्त्रणमा लिन खोज्दा चालक गाडीको चाबी लिएर फरार भए। त्यसपछि मोरङमा अवैध क्यारिङ र तस्करीमा संलग्न रहेको आरोप लागेका सुरेशकुमार यादव र सबरुन खातुनले पत्रकार सम्मेलन गरेर प्रहरीमाथि नै आरोप लगाए। उनीहरूले वैध भन्सार सुविधा लिएर चलाएको गाडी नियन्त्रणमा लिएर नौ दिनसम्म दुःख दिएको दाबी गरे।

तर भारतीय सीमा सुरक्षा बलको ५६औँ बटालियन, जोगबनी बोर्डर चेक पोस्टले पठाएको औपचारिक पत्रले उनीहरूको दाबी झुटो भएको देखाएको छ। पत्रमा उक्त कार असोज ३१ गते भारतबाट नेपालतर्फ प्रस्थान नै नगरेको उल्लेख छ। सशस्त्र प्रहरी मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीले पनि गाडी भारतबाट नेपाल प्रवेश गरेको रेकर्ड नै नरहेको बताए।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार गाडीलाई नेपालमै लुकाएर राख्ने र भन्सारबाट कागजी इन्ट्री मात्र गराउने पुरानै तरिका प्रयोग भइरहेको छ। गाडी भारत नगईकनै हरेक दिन छुटपुर्जी काट्ने गरिएको र यसमा भन्सारभित्रका केही कर्मचारीको सेटिङ भएको आशंका गरिएको छ। उक्त गाडी कपडा र खाद्यान्न तस्करीमा प्रयोग हुने गरेको प्रहरीको दाबी छ।

सुरक्षा निकायको तथ्याङ्कअनुसार मोरङमा मात्रै यस्ता भारतीय नम्बर प्लेटका करिब ५ सय साना सवारी भन्सार सुविधाको दुरुपयोग गरेर अवैध रूपमा सञ्चालन भइरहेका छन्। ७०–८० लाख रुपैयाँ मूल्य बराबरको उक्त कारको लक तोडेर सोमबार राति भन्सार कार्यालयमा बुझाइएको छ।।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *