Thursday, November 5, 2026
Breaking
दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

जनमतको नाममा सर्वसत्तावादको खतरा देखियो : लिङ्देन

राजनीति By

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा मुलुकमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले प्रहरी महानिरीक्षक हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्नेसम्मका घटनाले यस्तो खतरा देखाएको बताए ।

विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्न थाले गम्भीर सर्वसत्तावादको सिकार हुने जोखिम बढ्ने उनको भनाइ थियो । देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको उनले बताए ।

आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले कार्यकर्ताले निराश हुनुपर्ने अवस्था नरहेको लिङ्देनको धारणा थियो । उनले पार्टीलाई व्यक्तिगत र सत्ता स्वार्थबाट मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *