राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले सत्ता जुनसुकै दलको हातमा भए पनि देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएकी छन्।
सोमबार काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसीप फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। कार्यक्रममा चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसले पार्ने प्रभावबारे छलफल भएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकका सन्दर्भमा आयोजित गोष्ठीमा धितालले राजनीतिमा लागेका युवा नेताले विगत र वर्तमानको मात्र नभई भविष्यको पनि कुरा गर्नुपर्ने बताइन्। परराष्ट्रजस्ता विषयमा युवाहरूबीच गम्भीर छलफल हुनुपर्ने उनको जोड थियो।
गोष्ठीमा चीनको पछिल्लो नीतिगत दिशाले छिमेकी मुलुकसँगको सम्बन्धमा पार्ने असरबारे वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए। नेपालले आफ्ना दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्न दीर्घकालीन र स्थिर परराष्ट्र नीति आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो।
परराष्ट्र नीतिलाई दलगत स्वार्थभन्दा माथि राख्नुपर्ने सन्देश उनले कार्यक्रममार्फत दिएकी छन्।
