Sunday, November 8, 2026
Breaking
इरानमा हतियार आपूर्ति रोक्न अमेरिकी सेनाले बनायो विशेष कार्यदल पोखरामा स्टार्टअप समिट : युवालाई रोजगारी खोज्ने होइन, सिर्जना गर्ने बनाउने अभियान डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, समातिनेको संख्या ६ पुग्यो रसुवाको बाढीले ध्वस्त वित्तीय क्षेत्र उठाउन ६५ अर्बभन्दा बढी चाहिने पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो, घटनाबारे शंका झिलिमिलीको छायाँमा हराउँदै थारू समुदायको परम्परागत ‘लर्कट’ बत्ती इरानमा हतियार आपूर्ति रोक्न अमेरिकी सेनाले बनायो विशेष कार्यदल पोखरामा स्टार्टअप समिट : युवालाई रोजगारी खोज्ने होइन, सिर्जना गर्ने बनाउने अभियान डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, समातिनेको संख्या ६ पुग्यो रसुवाको बाढीले ध्वस्त वित्तीय क्षेत्र उठाउन ६५ अर्बभन्दा बढी चाहिने पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो, घटनाबारे शंका झिलिमिलीको छायाँमा हराउँदै थारू समुदायको परम्परागत ‘लर्कट’ बत्ती

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, समातिनेको संख्या ६ पुग्यो

समाचार By

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ परेका छन्। यससँगै फरार भएका आठ जनामध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ को रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार दुवै जना लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

यसअघि पनि रंग गाउँबाटै त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए। त्यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन्। उनीहरूलाई गत मंगलबार बिहान पक्राउ गरिएको थियो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोलीबगरबाट वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जना पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

गत कात्तिक १४ गते दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका थिए। तीमध्ये अझै दुई जना फरार छन्। फरार हुनेमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर–३ का आदेश भण्डारी छन्। प्रहरीले उनीहरूको खोजी जारी राखेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *