Tuesday, October 27, 2026
Breaking
राष्ट्रसङ्घीय सुरक्षा परिषद् सुधारमा भारतको जोड : नयाँ स्थायी सदस्यलाई पनि भिटोसहित समान अधिकार दिनुपर्छ प्रदर्शनअघि नै ‘रामायण’को अग्रिम बिक्रीबाट विश्वभर २० करोड भण्डारीको चीन भ्रमणमा कुनै राजनीतिक भेटवार्ता नभएको दाबी प्रवासी समुदायको संकलनबाट बाढीपीडितका लागि डेढ करोड राहत सीमा अभिव्यक्तिको विवाद नसुल्झिँदै अर्थमन्त्रीको दिल्ली टिप्पणीले थप तरंग चलचित्र प्रदर्शनको आम्दानी बाढीपीडितलाई, अस्ट्रेलियामा सहयोग अभियान जारी रहने राष्ट्रसङ्घीय सुरक्षा परिषद् सुधारमा भारतको जोड : नयाँ स्थायी सदस्यलाई पनि भिटोसहित समान अधिकार दिनुपर्छ प्रदर्शनअघि नै ‘रामायण’को अग्रिम बिक्रीबाट विश्वभर २० करोड भण्डारीको चीन भ्रमणमा कुनै राजनीतिक भेटवार्ता नभएको दाबी प्रवासी समुदायको संकलनबाट बाढीपीडितका लागि डेढ करोड राहत सीमा अभिव्यक्तिको विवाद नसुल्झिँदै अर्थमन्त्रीको दिल्ली टिप्पणीले थप तरंग चलचित्र प्रदर्शनको आम्दानी बाढीपीडितलाई, अस्ट्रेलियामा सहयोग अभियान जारी रहने

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

लामो समयदेखि कार्यालय नआएका ११ प्रहरीलाई अन्तिम चेतावनी

समाचार By

काठमाडौँ — लामो समयदेखि आफ्नो कार्यस्थलमा उपस्थित नभएका ११ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन भनेको छ। तोकिएको समयभित्र कार्यालयमा उपस्थित भई अनुपस्थितिको कारण स्पष्ट पार्न नसकेमा उनीहरूमाथि सेवाबाट हटाउने प्रक्रिया सुरु हुने चेतावनी दिइएको छ।

मंगलबार नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको कानुन तथा मानव अधिकार महाशाखाले सूचना जारी गरेको हो। सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुनुपर्नेछ। खोजतलास गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि र नियमावलीअनुसार सूचना टाँस गर्ने प्रक्रिया पूरा भएपछि सामूहिक सूचना जारी गरिएको प्रधान कार्यालयले जनाएको छ।

हाजिर हुन भनिएकामा बारा जिल्ला सशस्त्र प्रहरी गुल्मका प्रहरी हवल्दार दिलिप कुमार सिंह, भक्तपुर दरबारस्क्वायर प्रहरी प्रभागका प्रहरी जवान अनिल परियार, ललितपुर सानेपा प्रहरी प्रभागका प्रहरी जवान संगम बि.सी. र भोजपुर दिल्पा इलाका प्रहरी कार्यालयका प्रहरी जवान सञ्जीव राई छन्।

त्यसैगरी पाँचथर चिलिङदिन प्रहरी चौकीका समीर लिम्बु, सिन्धुपाल्चोक नवलपुर इलाका प्रहरी कार्यालयका सन्तोष तामाङ, कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयका विनोद दमै, जाजरकोट रगदा इलाका प्रहरी कार्यालयका टोप बहादुर सुनार, डडेल्धुरा स्याउले प्रहरी चौकीका यसोदा कुमारी बोगटी, बझाङ मेलबिसौना प्रहरी चौकीका करन बहादुर विष्ट र कैलाली जिल्ला प्रहरी कार्यालयका अमर सिंह साउदलाई पनि सोही अवधिभित्र हाजिर हुन भनिएको छ।

तोकिएको अवधिभित्र उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *