Thursday, November 5, 2026
Breaking
मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै गोकर्णेश्वरमा डलर ठगीका आरोपी पक्राउ गर्न प्रहरीले चलायो गोली साउदीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका भरत महतोको शव भोलि नेपाल आइपुग्ने सामाजिक सञ्जालदेखि पालिकासम्म : कांग्रेसले युवालाई दिने भयो जिम्मेवारी सशस्त्र प्रहरीलाई उच्च सतर्कताको निर्देशन, भीड नियन्त्रणमा अनावश्यक बल प्रयोग नगर्न चेतावनी एनपीएल : गोर्खाजको फराकिलो जित, किंग्स ९ विकेटले स्तब्ध मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै गोकर्णेश्वरमा डलर ठगीका आरोपी पक्राउ गर्न प्रहरीले चलायो गोली साउदीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका भरत महतोको शव भोलि नेपाल आइपुग्ने सामाजिक सञ्जालदेखि पालिकासम्म : कांग्रेसले युवालाई दिने भयो जिम्मेवारी सशस्त्र प्रहरीलाई उच्च सतर्कताको निर्देशन, भीड नियन्त्रणमा अनावश्यक बल प्रयोग नगर्न चेतावनी एनपीएल : गोर्खाजको फराकिलो जित, किंग्स ९ विकेटले स्तब्ध

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

टोखामा मासु जाँच ऐन कार्यान्वयनमा, मङ्सिर १ देखि छाप नलागेको मासु बिक्रीमा रोक

समाचार By

काठमाडौँ । टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गरी आगामी मङ्सिर १ गतेदेखि ऐन तथा सोसँग सम्बन्धित नियमावली कार्यान्वयनमा ल्याउने बताएको हो ।

मासुको स्वच्छता तथा गुणस्तर कायम गरी उपभोक्तालाई स्वस्थ र सफा मासु उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आठ जना मासु निरीक्षकसमेत तोकेको छ ।

ऐन कार्यान्वयनमा आएसँगै पशु पन्छीको वध गर्नुअघि तोकिएका मासु निरीक्षकमार्फत स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । वधपश्चात् मासुको अनिवार्य निरीक्षण गराई योग्य ठहर भई आधिकारिक छाप लगाइएको मासु मात्र बिक्री वितरण गर्नुपर्ने नगरपालिकाले बताएको छ ।

मासु निरीक्षकसँग आवश्यक समन्वय तथा सम्पर्क गर्नुपर्ने, प्रचलित ऐन तथा नियमावलीबमोजिम आवश्यक अनुमति र इजाजतपत्र लिएर मात्र मासु व्यवसाय सञ्चालन गर्नुपर्ने र मासु पसलमा स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताइएको छ ।

रोगी पशुको मासु तथा निरीक्षण नभएको वा छाप नलगाइएको मासु बिक्री वितरण गर्न नपाइने नगरपालिकाले जनाएको छ । उल्लेखित कानुनी व्यवस्था उल्लङ्घन गरेको पाइएमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने बताइएको छ ।

नगरपालिकाले मासु निरीक्षकका रूपमा डा. गौरीमान श्रेष्ठ, डा. बिदुर पिया, डा. जस्मिन अधिकारी, डा. शिरणकृष्ण तिवारी, डा. सुरेन्द्र खनाल, डा. अभिमन्य श्रेष्ठ, डा. दिव्यगुरु श्रेष्ठ र डा. सुलभ ढकाललाई तोकेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *