Friday, November 6, 2026
Breaking
गोरखामा पहिरोले खोला थुनिँदा बनेको ताल फुट्ने जोखिम, तटीय बस्तीमा सतर्कता तीन महिनादेखि जिम्मेवारीविहीन सहकारी ठगी आरोपी मन्त्री तामाङ, तिहारपछि बाँडफाँड टुंग्याउने मुख्यमन्त्रीको भनाइ मध्यावधि हारपछि मस्कले हटाए रिपब्लिकन समर्थनका पोस्ट, एकै दिन ३३ अर्ब डलर सम्पत्ति घट्यो पहिचान हुन नसकेका हजारौँ क्षयरोगी रोक्न आधुनिक प्रविधि र द्रुत जाँच अनिवार्य राष्ट्रपति र सभामुखबीच शीतल निवासमा छलफल, संसद् र राजनीतिक अवस्थामा कुराकानी तीन हजार वर्षअघि नै गाँजा सेवन गरिन्थ्यो, प्राचीन चिहानको खोजले देखायो गोरखामा पहिरोले खोला थुनिँदा बनेको ताल फुट्ने जोखिम, तटीय बस्तीमा सतर्कता तीन महिनादेखि जिम्मेवारीविहीन सहकारी ठगी आरोपी मन्त्री तामाङ, तिहारपछि बाँडफाँड टुंग्याउने मुख्यमन्त्रीको भनाइ मध्यावधि हारपछि मस्कले हटाए रिपब्लिकन समर्थनका पोस्ट, एकै दिन ३३ अर्ब डलर सम्पत्ति घट्यो पहिचान हुन नसकेका हजारौँ क्षयरोगी रोक्न आधुनिक प्रविधि र द्रुत जाँच अनिवार्य राष्ट्रपति र सभामुखबीच शीतल निवासमा छलफल, संसद् र राजनीतिक अवस्थामा कुराकानी तीन हजार वर्षअघि नै गाँजा सेवन गरिन्थ्यो, प्राचीन चिहानको खोजले देखायो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

तरकारी छाडेर फूलखेतीमा लागिन् कमला, वार्षिक तीन लाखसम्म आम्दानी

समाचार By

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापा पछिल्ला तीन वर्षदेखि फूलखेतीमा रमाइरहेकी छन् । पहिले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गर्दै आएकी थापाले फूलखेतीबाट तरकारीभन्दा बढी आम्दानी हुने देखेपछि पेसा फेरेकी हुन् ।

नजिकै रहेको बागलुङ कालिका मन्दिरमा फूलको माग बढ्दै गएपछि उनले तरकारी छाडेर फूल उत्पादन सुरु गरेकी हुन् । भाडामा लिएको दुई रोपनी जग्गामा तीनवटा प्लास्टिक टनेल निर्माण गरेर उनले मौसमी तथा बेमौसमी फूल उत्पादन गर्दै आएकी छन् ।

तरकारीखेतीमा विषादी प्रयोग गर्नुपर्ने भएकाले पनि आफू फूलखेतीमा लागेको थापाको भनाइ छ । ‘तीन वर्ष भयो, फूलखेतीबाट घरखर्च राम्रै चलेको छ,’ उनले भनिन्, ‘वार्षिक दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ ।’

उनका अनुसार बेमौसममा उत्पादित फूल प्रतिकिलो ४०० रुपैयाँसम्म र मौसमी फूल प्रतिकिलो २०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । प्लास्टिक टनेलभित्र खेती गर्दा बेमौसममा पनि फूल उत्पादन गर्न सकिने उनको अनुभव छ ।

बागलुङमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या कम रहेकाले उत्पादित फूलको बजार खोज्न समस्या नभएको थापाको भनाइ छ । उनले टनेलमा उत्पादन गरेको सयपत्री फूल मन्दिरमा आउने भक्तजनलाई बिक्री गर्दै आएकी छन् । हाल उनी तिहारलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा छिन् । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि मन्दिरमा आउने भक्तजनलाई सहज भएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *