Friday, November 6, 2026
Breaking
झापाको चिया बगानमा लुकाइएको ठूलो परिमाणको गाँजा बरामद गोरखामा पहिरोले खोला थुनिँदा बनेको ताल फुट्ने जोखिम, तटीय बस्तीमा सतर्कता तीन महिनादेखि जिम्मेवारीविहीन सहकारी ठगी आरोपी मन्त्री तामाङ, तिहारपछि बाँडफाँड टुंग्याउने मुख्यमन्त्रीको भनाइ मध्यावधि हारपछि मस्कले हटाए रिपब्लिकन समर्थनका पोस्ट, एकै दिन ३३ अर्ब डलर सम्पत्ति घट्यो पहिचान हुन नसकेका हजारौँ क्षयरोगी रोक्न आधुनिक प्रविधि र द्रुत जाँच अनिवार्य राष्ट्रपति र सभामुखबीच शीतल निवासमा छलफल, संसद् र राजनीतिक अवस्थामा कुराकानी झापाको चिया बगानमा लुकाइएको ठूलो परिमाणको गाँजा बरामद गोरखामा पहिरोले खोला थुनिँदा बनेको ताल फुट्ने जोखिम, तटीय बस्तीमा सतर्कता तीन महिनादेखि जिम्मेवारीविहीन सहकारी ठगी आरोपी मन्त्री तामाङ, तिहारपछि बाँडफाँड टुंग्याउने मुख्यमन्त्रीको भनाइ मध्यावधि हारपछि मस्कले हटाए रिपब्लिकन समर्थनका पोस्ट, एकै दिन ३३ अर्ब डलर सम्पत्ति घट्यो पहिचान हुन नसकेका हजारौँ क्षयरोगी रोक्न आधुनिक प्रविधि र द्रुत जाँच अनिवार्य राष्ट्रपति र सभामुखबीच शीतल निवासमा छलफल, संसद् र राजनीतिक अवस्थामा कुराकानी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

सरकारको पुनर्स्थापना योजना नआएपछि बाढीपीडित तिहारपछि थातथलो फर्कने

समाचार By

काठमाडौँ । भोटेकोशी बाढीबाट विस्थापित भएर दुई महिनादेखि काठमाडौँमा आश्रय लिइरहेका पीडितहरू तिहारपछि आफ्नो थातथलो फर्कने तयारीमा छन् । सरकारले पुनर्स्थापनाको ठोस योजना नल्याएपछि उनीहरूले गाउँ फर्कने निर्णय गरेका हुन् ।

रसुवाको टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा एक्लै बसिरहेकी छन् । उनका श्रीमान् अलगै छन्, छोरी बिहे गरेर गइसकेकी छन् । टिमुरेमा उनको जग्गा र घर बाढीपहिरोले बगायो । ‘सरकारले पनि हेरेको छैन । संस्थाले हेरेको छ, खुवाएको छ,’ उनले सुनाइन् ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङका अनुसार सरकारले स्थायी व्यवस्थापनबारे कुनै जानकारी दिएको छैन । ‘हामी सधैँ यहीँ बसेर हुँदैन । हामी थातथलो फर्कन तयार छौँ,’ उनले भने, ‘जन्मभूमिमा गएर हिजोको परम्परा, रीतिरिवाज जोगाउन छ ।’ टिमुरेमाथिको डाँडामा बस्ती बनाउने योजना रहेको उनले बताए । पुनर्वासका लागि खाद्यान्न र अस्थायी टहराको व्यवस्था गरिदिन उनले सरकारसँग आग्रह गरे ।

कामी नुर्बुका अनुसार बाढीबाट टिमुरेका २० देखि २५ प्रतिशत स्थानीयमात्र जीवित छन् । अभिभावकविहीन बालबालिकाको भविष्य चिन्ताको विषय बनेको उनले बताए । सरकारले पीडितको समस्या सम्बोधन नगरेमा सडकमा आउन बाध्य हुने उनले चेतावनी दिए ।

अर्की पीडित पासाङ तामाङले बासस्थान नै प्रमुख समस्या भएको बताइन् । गाउँ फर्कन बाटो बनाउनुपर्ने र त्यसबीच सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिए राम्रो हुने उनको भनाइ छ ।

भदौ १० गते बाढी आएपछि टिमुरेबासी डाँडा चढेर दिनभर उद्धारको प्रतीक्षामा बसे । भोलिपल्ट हेलिकप्टरले ८–९ जनाका समूहमा उनीहरूलाई धुन्चे पुर्‍यायो, त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौँ ल्याइयो । सुरुमा १० दिन यल्लो गुम्बामा बसेका उनीहरू अहिले स्वयम्भुस्थित मुस्ताङ गुम्बामा छन् ।

सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । तर पीडितहरू उक्त रकम काठमाडौँमा बस्न अपर्याप्त भएको बताउँछन् । काठमाडौँमा परिवार बस्न फ्ल्याट खोज्दा २० देखि २५ हजार रुपैयाँ लाग्ने पीडित पेम्बा जाङ्मु घलेले सुनाइन् । ‘१५ हजारले घरभाडा तिर्ने कि रासनको तिर्ने कि पढेको तिर्ने ?’ उनले प्रश्न गरिन् ।

मुस्ताङ गुम्बामा २०७ जना पुरुष र २०४ जना महिलासहित ४११ जना आश्रित छन् । तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *