Thursday, November 5, 2026
Breaking
दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै दुईदिने भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीको कांग्रेस सभापति थापासँग भेटवार्ता होर्मुज जलमार्ग खुला राख्न ओमान र इरानबीच टेलिफोन वार्ता, दीर्घकालीन सहमतिको खोजी भारतीय विदेश सचिवको भ्रमणपछि नेपाल–भारतबीच सहकार्य विस्तार गर्ने सहमति यमनमा एक महिनाको सैन्य अभियानमा २० हजार हुथी लडाकु हताहत भएको सरकारको दाबी उदयपुर कांग्रेसको नेतृत्व बसन्त बस्नेतको हातमा मिलको जमाना आएपछि पाँचथरमा जाँतो बनाउने सीप हराउँदै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

जिरीमा ४० टिम सहभागी फुटबल प्रतियोगिता सुरु, पर्यटन प्रवर्द्धनको लक्ष्य

खेलकुद By

दोलखा — पर्यटकीय नगरी जिरीमा खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यले पाँच ‘ए’ साइड खुला फुटबल प्रतियोगिता सुरु भएको छ। शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगिता बिहीबारदेखि जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा सुरु भएको हो।

कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा दोलखा र रामेछापका खुला, महिला तथा ४० वर्षमाथिका भेट्रान्स विधाका गरी ४० टिम सहभागी छन्। प्रतियोगिताको उद्घाटन जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले गरेका थिए।

प्राकृतिक सौन्दर्य, चिसो हावापानी र हिमाली दृश्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको जिरीमा खेलकुद गतिविधिमार्फत पर्यटनको नयाँ सम्भावना खोज्न प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका कोषाध्यक्ष तथा खेल व्यवस्थापक इश्वर कार्कीले बताए। खेलले खेलाडी, दर्शक र खेलप्रेमीलाई जिरीसम्म ल्याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा खुलातर्फ विजेताले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्। महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन्। भेट्रान्स विधाका विजेता र उपविजेतालाई एक–एकवटा खसी दिइनेछ। यस विधामा आठ टिम र महिलातर्फ पाँच टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको फाइनलका दिन चेर्दुङ कला मञ्च जिरीको देउसीभैलोसहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगिताबाट संकलन भएको रकम तिहारपछि जिरीमा स्पोर्ट्स एकेडेमी स्थापना गर्न खर्च गरिनेछ। एकेडेमीमार्फत १६ वर्षमुनिका बालबालिकालाई फुटबल, भलिबल, क्रिकेट र ब्याडमिन्टनको नियमित प्रशिक्षण दिने योजना छ। प्रतियोगिता निर्माण व्यवसायी संघ जिरी, एक्स्प्लोर नेपाल नेटवर्क र युवा सञ्जाल जिरीले आयोजना गरेका हुन् भने जिरी नगरपालिका सहआयोजक रहेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *