काठमाडौं — हलमा राम्रो व्यापार गरिरहेको दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ अब घरमै बसेर हेर्न पाइने भएको छ। अमेजन प्राइम भिडिओले आगामी नोभेम्बर १२, अर्थात् कात्तिक २६ गतेदेखि फिल्म स्ट्रिमिङ गर्ने घोषणा गरेको हो।
हलमा अझै प्रदर्शन भइरहेको फिल्म भारतसहित विश्वका २४० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध हुनेछ। दर्शकले तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड गरी पाँच भाषामा फिल्म हेर्न सक्नेछन्।
नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको फिल्ममा रजनीकान्त टाइगर मुथुवेल पाण्डियनको भूमिकामा देखिएका छन्। फिल्ममा मोहनलाल, ऋतिक रोशन र विजय सेतुपतिको विशेष उपस्थिति छ भने एसजे सूर्या, शिवराजकुमार, मिथुन चक्रवर्ती, विद्या बालन, राम्या कृष्णन र योगी बाबुको पनि अभिनय छ।
बक्स अफिसमा फिल्मले कीर्तिमानी व्यापार गरेको छ। व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने पोर्टल सैकनिल्कका अनुसार प्रदर्शनको २२औँ दिनसम्म फिल्मले भारतमा ५४५.३० करोड भारु ग्रस कमाइ गरेको छ। भारतीय नेट कलेक्सन ४६६.२२ करोड भारु पुगेको छ भने विश्वव्यापी कमाइ ८२० करोड भारु नाघेको छ। यससँगै ‘जेलर २’ तमिल फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।
