Friday, November 6, 2026
Breaking
नेपाल विद्युत् प्राधिकरणमा स्थायी पदका लागि आवेदन खुला, मंसिर १० सम्म दरखास्त दिन सकिने कपिलवस्तुको कृष्णनगरमा २६१ परिवारले पाए जग्गाको स्वामित्व प्रमाण शिक्षक बन्ने युवाको संख्या घट्दो, लाइसेन्स परीक्षामा झन्डै आधा आवेदन घटे मध्यावधि हारपछि हेगसेथमाथि महाभियोगको तयारी, आफ्नै पार्टीका सांसद अघि सरे दुई दशक बित्दा पनि टुंगिएन संक्रमणकालीन न्याय, उपसमितिको अध्ययनमा यस्ता समस्या इरान अभियानबारे ट्रम्पको दाबी : तेहरान उठ्न २५–३० वर्ष लाग्छ नेपाल विद्युत् प्राधिकरणमा स्थायी पदका लागि आवेदन खुला, मंसिर १० सम्म दरखास्त दिन सकिने कपिलवस्तुको कृष्णनगरमा २६१ परिवारले पाए जग्गाको स्वामित्व प्रमाण शिक्षक बन्ने युवाको संख्या घट्दो, लाइसेन्स परीक्षामा झन्डै आधा आवेदन घटे मध्यावधि हारपछि हेगसेथमाथि महाभियोगको तयारी, आफ्नै पार्टीका सांसद अघि सरे दुई दशक बित्दा पनि टुंगिएन संक्रमणकालीन न्याय, उपसमितिको अध्ययनमा यस्ता समस्या इरान अभियानबारे ट्रम्पको दाबी : तेहरान उठ्न २५–३० वर्ष लाग्छ

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

खोटाङका तीन युवाको सामूहिक सयपत्री खेतीबाट तिहारमा ३० लाख आम्दानीको आशा

समाचार By

खोटाङ । राजनीतिमा सक्रिय तीन युवाले सामूहिक लगानीमा सुरु गरेको सयपत्री फूलको खेतीले पहिलो पटकमै राम्रो उत्पादन दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरेर करिब ४० रोपनी जग्गा भाडामा लिई गरिएको खेतीबाट तिहारमा करिब रु ३० देखि ३६ लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ ।

फूलैफूलको चाड तिहार नजिकिँदै गर्दा बारीभरि पहेँलपुर फुलेका सयपत्री टिप्न र माला उन्ने काममा अहिले फार्मका सञ्चालकहरू व्यस्त छन् । यो वर्ष करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखिएको छ । तीमध्ये नौ हजार माला काठमाडौँमा र तीन हजार जिल्लामै खपत हुने अनुमान छ । फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार खटिएका छन् । माला उन्नेलाई प्रतिमाला रु सातका दरले पारिश्रमिक दिइन्छ भने एक जना कामदारले एक दिनमा १०० भन्दा बढी माला तयार गर्न सक्छन् ।

फार्म सञ्चालक लेखबहादुर रम्तेल, बालकृष्ण कटवाल र चन्द्र केसी फरकफरक पार्टीमा आबद्ध छन् । उनीहरूले तीन वर्षअघिदेखि बाम्राङमा अकबरे खुर्सानी र व्यावसायिक भैँसीपालन पनि गर्दै आएका छन् । यस वर्ष दूध उत्पादनका लागि २० वटा लैनौ भैँसी पाल्ने गरी १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेती गरिएको छ । फार्ममा दुई जना पूर्णकालीन कामदारलाई खाना तथा खाजासहित मासिक तलब दिइन्छ भने सिजनअनुसार अन्य कामदारलाई दैनिक रु ५०० देखि ८०० सम्म ज्याला दिइने गरिएको छ ।

फार्मबाट उत्पादित दूध तथा दूधबाट बनेका परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’ मा खपत हुन्छ । राजनीति गर्ने व्यक्तिलाई आम्दानीको वैकल्पिक स्रोत अनिवार्य हुनुपर्ने भएकाले सामूहिक लगानीमा कृषि व्यवसाय थालेको सञ्चालकहरूको भनाइ छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *