Friday, November 6, 2026
Breaking
बिहीबार युरोपमा फेरि बमको झुटा धम्की : २१ भन्दा बढी उडान प्रभावित, लडाकु जेट परिचालन ताजमानियाको बर्नीमा नेपाली पाठशाला: बालबालिका भाषा सिक्छन्, अभिभावक भजन गाउँछन् कीर्तिपुरमा आज एनपीएलको दोहोरो भिडन्त : रोयल्स–याक्स दिउँसो, राइनोज–एभेन्जर्स साँझ आस्था र हिमाली सौन्दर्य बोकेको रसुवाको पार्वतीकुण्ड अझै ओझेलमा मिथिलामा दीपमालिकासँगै तिहारको रौनक, आज धनतेरस बेनी बजार जोगाउने पर्खाल पुनर्निर्माण गर्न पाँच करोड लाग्ने अनुमान बिहीबार युरोपमा फेरि बमको झुटा धम्की : २१ भन्दा बढी उडान प्रभावित, लडाकु जेट परिचालन ताजमानियाको बर्नीमा नेपाली पाठशाला: बालबालिका भाषा सिक्छन्, अभिभावक भजन गाउँछन् कीर्तिपुरमा आज एनपीएलको दोहोरो भिडन्त : रोयल्स–याक्स दिउँसो, राइनोज–एभेन्जर्स साँझ आस्था र हिमाली सौन्दर्य बोकेको रसुवाको पार्वतीकुण्ड अझै ओझेलमा मिथिलामा दीपमालिकासँगै तिहारको रौनक, आज धनतेरस बेनी बजार जोगाउने पर्खाल पुनर्निर्माण गर्न पाँच करोड लाग्ने अनुमान

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

खोटाङका तीन युवाको सामूहिक सयपत्री खेतीबाट तिहारमा ३० लाख आम्दानीको आशा

समाचार By

खोटाङ । राजनीतिमा सक्रिय तीन युवाले सामूहिक लगानीमा सुरु गरेको सयपत्री फूलको खेतीले पहिलो पटकमै राम्रो उत्पादन दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरेर करिब ४० रोपनी जग्गा भाडामा लिई गरिएको खेतीबाट तिहारमा करिब रु ३० देखि ३६ लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ ।

फूलैफूलको चाड तिहार नजिकिँदै गर्दा बारीभरि पहेँलपुर फुलेका सयपत्री टिप्न र माला उन्ने काममा अहिले फार्मका सञ्चालकहरू व्यस्त छन् । यो वर्ष करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखिएको छ । तीमध्ये नौ हजार माला काठमाडौँमा र तीन हजार जिल्लामै खपत हुने अनुमान छ । फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार खटिएका छन् । माला उन्नेलाई प्रतिमाला रु सातका दरले पारिश्रमिक दिइन्छ भने एक जना कामदारले एक दिनमा १०० भन्दा बढी माला तयार गर्न सक्छन् ।

फार्म सञ्चालक लेखबहादुर रम्तेल, बालकृष्ण कटवाल र चन्द्र केसी फरकफरक पार्टीमा आबद्ध छन् । उनीहरूले तीन वर्षअघिदेखि बाम्राङमा अकबरे खुर्सानी र व्यावसायिक भैँसीपालन पनि गर्दै आएका छन् । यस वर्ष दूध उत्पादनका लागि २० वटा लैनौ भैँसी पाल्ने गरी १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेती गरिएको छ । फार्ममा दुई जना पूर्णकालीन कामदारलाई खाना तथा खाजासहित मासिक तलब दिइन्छ भने सिजनअनुसार अन्य कामदारलाई दैनिक रु ५०० देखि ८०० सम्म ज्याला दिइने गरिएको छ ।

फार्मबाट उत्पादित दूध तथा दूधबाट बनेका परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’ मा खपत हुन्छ । राजनीति गर्ने व्यक्तिलाई आम्दानीको वैकल्पिक स्रोत अनिवार्य हुनुपर्ने भएकाले सामूहिक लगानीमा कृषि व्यवसाय थालेको सञ्चालकहरूको भनाइ छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *