काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा काठमाडौं गोर्खाजका ब्याटर रासिद खानले चितवन राइनोजविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन् । जारी खेलमा उनले २८ बलमा दुई चौका र चार छक्कासहित ५१ रन बनाएर टोलीलाई बलियो स्थितिमा पुर्याए ।
रासिदले सुरुआतदेखि नै चितवनका बलरमाथि दबाब बनाए । छक्का प्रहार गर्दै उनले छिटो रन बटुले र २८ बलमै अर्धशतकको आँकडा पार गरे । तर, त्यसपछि लामो पारी खेल्न सकेनन् र ३० बलमा ५२ रन बनाएर आउट भए ।
यो सिजनमा रासिदको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रनको पारी खेलेका थिए । लगातार दोस्रो अर्धशतकसँगै उनी गोर्खाजको ब्याटिङको भरपर्दो आधार बन्दै गएका छन् ।
चितवनविरुद्धको खेलमा रासिदको पारीले गोर्खाजको इनिङ्सलाई गति दियो । उनको आक्रामक शैलीले विपक्षी बलरलाई दबाबमा राख्यो र टोलीको स्कोर छिटो अगाडि बढ्यो ।
