Tuesday, November 10, 2026
Breaking
विश्वव्यापी जीवाश्म इन्धन उत्सर्जनमा यस वर्ष पहिलोपटक गिरावट आउने प्रक्षेपण भाइटीकामा युट्युबमा हेर्न पाइने भयो ‘छक्का पञ्जा ४’, दिउँसो ३ बजेदेखि स्ट्रिमिङ कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्न गणेशमानको बाटो समात्नुपर्छ : प्रकाशमान सिंह नेपाल संवत्ले राष्ट्रिय एकता र सहिष्णुता सुदृढ गर्ने प्रचण्डको विश्वास बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा अब सरकारी कामकाजमा दसौं राष्ट्रिय खेलकुदको सुरक्षामा दैनिक एक हजार ९१ प्रहरी विश्वव्यापी जीवाश्म इन्धन उत्सर्जनमा यस वर्ष पहिलोपटक गिरावट आउने प्रक्षेपण भाइटीकामा युट्युबमा हेर्न पाइने भयो ‘छक्का पञ्जा ४’, दिउँसो ३ बजेदेखि स्ट्रिमिङ कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्न गणेशमानको बाटो समात्नुपर्छ : प्रकाशमान सिंह नेपाल संवत्ले राष्ट्रिय एकता र सहिष्णुता सुदृढ गर्ने प्रचण्डको विश्वास बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा अब सरकारी कामकाजमा दसौं राष्ट्रिय खेलकुदको सुरक्षामा दैनिक एक हजार ९१ प्रहरी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

चारतले नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक चार सयसम्म बिरामी

समाचार By

बारा । बिरामीको चाप निरन्तर बढ्दै गएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले चारतले नयाँ भवनबाट नगर अस्पतालको सेवा सुरु गरेको छ । पुरानो भवन जीर्ण र साँघुरो हुँदै गएपछि कात्तिकको दोस्रो सातादेखि विशेषज्ञ चिकित्सकसहितको सेवा नयाँ भवनबाट सञ्चालनमा ल्याइएको हो ।

नयाँ भवनमा सरेसँगै अस्पतालमा दैनिक ३५० देखि ४०० जनासम्म बिरामी सेवा लिन आइरहेका छन् । यसअघि दैनिक १५० देखि २०० जनामात्र बिरामी आउने गरेका थिए । बालबालिकाको उपचारका लागि मात्रै दैनिक ७० देखि ९० जना आउने गरेका छन्, जुन नारायणी उपक्षेत्रीय अस्पतालकै हाराहारी हो ।

बालरोग विशेषज्ञ डा. इस्लामुदिन अन्सारीका अनुसार सुविधा राम्रो हुँदै गएपछि वीरगञ्ज, हेटौँडा र भरतपुर धाउने अभिभावकहरू अहिले नगर अस्पतालमै आउन थालेका छन् । अस्पतालमा बालबालिकाका सबैखाले स्वास्थ्य परीक्षणदेखि भर्नासम्मको सुविधा रहेको छ । नयाँ भवनमा बालबालिकाका लागि छुट्टै व्यवस्थित वार्डको व्यवस्था गरिएको छ ।

५० वर्ष पुरानो सिमरा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै उपमहानगरले २०७९ सालमा नगर अस्पताल घोषणा गरेको थियो । संघीय सरकार र उपमहानगरपालिकाको साझेदारीमा करिब १७ करोड रुपैयाँ लगानीमा २५ शय्याको अस्पताल भवन निर्माण भएको हो । नगरप्रमुख राजन पौडेलले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अस्पताल भवन निर्माण गरी सञ्चालनमा ल्याएका हुन् ।

अस्पतालमा ओपीडीसहित हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, फिजियोथेरापी, एनालाइजर प्रविधियुक्त प्रयोगशाला र फार्मेसी सेवा सञ्चालनमा छन् । हाल पाँच जना विशेषज्ञ चिकित्सक र ११ जना मेडिकल अधिकृतसहित ५५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । एक वर्षदेखि हाड तथा जोर्नीसम्बन्धी शल्यक्रिया सेवा पनि दिइँदै आएको छ ।

अस्पताल प्रमुख डा. रौनियारका अनुसार नयाँ भवनमा तत्कालका लागि ओपीडी र ल्याब सेवा सुरु गरिएको छ भने बाँकी सेवा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ । अस्पतालमै विशेषज्ञबाट शल्यक्रिया हुन थालेपछि स्थानीय नागरिकलाई उपचारका लागि वीरगञ्ज, भरतपुर र काठमाडौं धाउनुपर्ने बाध्यता कम भएको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *