Tuesday, November 10, 2026
Breaking
विश्वव्यापी जीवाश्म इन्धन उत्सर्जनमा यस वर्ष पहिलोपटक गिरावट आउने प्रक्षेपण भाइटीकामा युट्युबमा हेर्न पाइने भयो ‘छक्का पञ्जा ४’, दिउँसो ३ बजेदेखि स्ट्रिमिङ कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्न गणेशमानको बाटो समात्नुपर्छ : प्रकाशमान सिंह नेपाल संवत्ले राष्ट्रिय एकता र सहिष्णुता सुदृढ गर्ने प्रचण्डको विश्वास बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा अब सरकारी कामकाजमा दसौं राष्ट्रिय खेलकुदको सुरक्षामा दैनिक एक हजार ९१ प्रहरी विश्वव्यापी जीवाश्म इन्धन उत्सर्जनमा यस वर्ष पहिलोपटक गिरावट आउने प्रक्षेपण भाइटीकामा युट्युबमा हेर्न पाइने भयो ‘छक्का पञ्जा ४’, दिउँसो ३ बजेदेखि स्ट्रिमिङ कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्न गणेशमानको बाटो समात्नुपर्छ : प्रकाशमान सिंह नेपाल संवत्ले राष्ट्रिय एकता र सहिष्णुता सुदृढ गर्ने प्रचण्डको विश्वास बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा अब सरकारी कामकाजमा दसौं राष्ट्रिय खेलकुदको सुरक्षामा दैनिक एक हजार ९१ प्रहरी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

दसौं राष्ट्रिय खेलकुदको सुरक्षामा दैनिक एक हजार ९१ प्रहरी

खेलकुद By

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजार ९१ जना प्रहरी परिचालन गरिने भएको छ। मुख्य आयोजक जिल्ला सुर्खेतसहित कर्णाली प्रदेशका चार जिल्लामा प्रतियोगिता आयोजना हुँदैछ।

मंसिर ८ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका क्रममा दैनिक झन्डै एक हजार एक सय प्रहरी खटिने व्यवस्था मिलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहायक प्रवक्ता एसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन्। सुर्खेतमा आधुनिक रङ्गशाला निर्माण सम्पन्न भएपछि पहिलोपटक कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो।

सुरक्षा विश्लेषणका आधारमा दैनिक एक हजार ९१ जना प्रहरी परिचालन गर्ने योजना बनाइएको एसपी घर्तीले बताए। उनका अनुसार प्रतियोगिता अवधिभर तालिमप्राप्त कुकुर, ड्रोन र सिसीटिभी क्यामेरामार्फत सुरक्षा गतिविधिको निगरानी गरिनेछ। सादा पोसाकका प्रहरी परिचालन गर्नुका साथै पैदल गस्ती र प्रवेश तथा निकासद्वारमा विशेष निगरानी राखिनेछ।

प्रतियोगिताका लागि १८ प्रकारका ड्युटी र १२४ वटा ड्युटी पोस्ट निर्धारण गरिएको छ। ती स्थानमा दैनिक एक हजार ९१ जना प्रहरी खटिने व्यवस्था मिलाइएको छ। सुरक्षा समितिका संयोजक तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराम सापकोटा आफैँ पनि विभिन्न मूल समिति र उपसमितिका बैठकमा सहभागी भएर सुरक्षा विश्लेषण गरिरहेका छन्।

कर्णालीका कालिकोट, दैलेख, सल्यान र रुकुम पश्चिमलगायत जिल्लाबाट समेत प्रतियोगिताको सुरक्षाका लागि प्रहरी परिचालन गरिनेछ। कालिकोटबाट ९३, रुकुम पश्चिमबाट १७४, सल्यानबाट ८२, दैलेखबाट १०३ र सुर्खेतबाट ५४० जना प्रहरी खटिनेछन्। नेपाल प्रहरी सुरक्षा राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतबाट पाँच जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट दैनिक ९४ जना प्रहरी परिचालन हुनेछन्। अपुग हुने ४९७ जना जनशक्ति विशेष सुरक्षा गण र कर्णाली प्रदेश गणबाट परिचालन गरिनेछ।

एसपी घर्तीका अनुसार सुर्खेतको छिन्चुदेखि मेहलकुनासम्म अहिलेबाटै सुरक्षा गस्ती तथा सूक्ष्म निगरानी सुरु गरिएको छ। पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा अन्य जिल्लामा आयोजना हुने खेलका लागि पनि सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा रुकुम पश्चिममा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछन्।

कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेल छिमेकी लुम्बिनी प्रदेशमा पनि सञ्चालन गरिनेछन्। पौडी र सुटिङका खेल बाँकेको नेपालगञ्जमा तथा टेनिस र खोखोका खेल बर्दियामा आयोजना हुनेछन्। आयोजक जिल्ला सुर्खेतमा भने दसौं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये सबैभन्दा धेरै २३ खेल आयोजना गर्ने तय भएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *