Wednesday, October 28, 2026
Breaking
सुन तोलामा नौ सयले महँगियो, चाँदीको भाउ पनि बढ्यो अदालतको लामो प्रक्रिया नचाहिने गरी बेपत्तालाई मृत घोषणा गर्ने बाटो खुल्यो विद्युतीय बत्तीको चमकमा ओझेल पर्दै माटोको दियो, भक्तपुरका कुमाले चिन्तामा भारी वर्षाको पूर्वानुमानपछि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय बैठक मंसिरमा सारियो गुर्भाकोटमा आक्रमणमा परेका ६२ वर्षीय वृद्धको अस्पतालमा मृत्यु जिल्ला फरक परे पनि नागरिकताको प्रतिलिपि पाइने व्यवस्था लागू सुन तोलामा नौ सयले महँगियो, चाँदीको भाउ पनि बढ्यो अदालतको लामो प्रक्रिया नचाहिने गरी बेपत्तालाई मृत घोषणा गर्ने बाटो खुल्यो विद्युतीय बत्तीको चमकमा ओझेल पर्दै माटोको दियो, भक्तपुरका कुमाले चिन्तामा भारी वर्षाको पूर्वानुमानपछि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय बैठक मंसिरमा सारियो गुर्भाकोटमा आक्रमणमा परेका ६२ वर्षीय वृद्धको अस्पतालमा मृत्यु जिल्ला फरक परे पनि नागरिकताको प्रतिलिपि पाइने व्यवस्था लागू

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

दसैँमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको घुइँचो, पाँच हजारभन्दा बढी पुगे

समाचार By

लमजुङ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्मको अवधिमा उक्त पदमार्गमा यति धेरै पर्यटक पुगेका हुन् ।

गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार यस वर्ष गत वर्षको तुलनामा दुई हजार ६२७ पर्यटक बढी आएका छन् ।

पर्यटक आगमन बढ्नुको प्रमुख कारणमध्ये मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले पुर्याएको क्षति पनि रहेको उनको भनाइ छ । मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन प्रभावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ मोडिएका हुन् । यस वर्ष मौसम अनुकूल रहनु र पछिल्लो समय मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनले बताए ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना छन् । सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन् । सबैभन्दा बढी भारतबाट ६०६, जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटक आएका छन् ।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ । हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ निकै लोकप्रिय छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *