अनलाइन किनमेल गर्नेहरूका लागि चाडपर्वको मौसममा ठूलो छुटको अवसर आउन लागेको छ। दराज नेपालले तिहार र छठलाई ध्यानमा राखेर वर्षको सबैभन्दा ठूलो मानिएको छुट अभियान नोभेम्बर १ को राति ८ बजेदेखि सुरु गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ भन्ने नाराका साथ आउन लागेको यो अभियान नोभेम्बर ११ सम्म चल्नेछ।
अभियानका क्रममा विभिन्न सामानमा ८० प्रतिशतसम्म छुट पाइनेछ। कम्पनीका अनुसार दुई करोड रुपैयाँभन्दा बढी मूल्यका भौचर, निःशुल्क डेलिभरी र थाइल्यान्ड घुम्ने अवसर पनि राखिएको छ। इलेक्ट्रोनिक्स, फेसन, सौन्दर्य प्रसाधन, घरायसी सामान र दैनिक प्रयोगका वस्तुसहित धेरै समूहका सामान अभियानमा समावेश छन्।
सहभागी ब्रान्डहरूले ७० देखि ८० प्रतिशतसम्म छुट दिनेछन्। नोभेम्बर १ को राति ८ बजेदेखि नोभेम्बर २ को बिहान २ बजेसम्म विशेष रश आवर चल्नेछ भने नोभेम्बर २ को बिहान ११ बजेदेखि छनोट गरिएका सामान विशेष मूल्यमा किन्न सकिनेछ। नोभेम्बर ३ देखि ८ सम्म हरेक साँझ ८ बजेदेखि मध्यरातसम्म फरक-फरक समूहका लागि छुट्टाछुट्टै अफर आउनेछन्। छनोट गरिएका विक्रेताबाट किनमेल गर्दा तीन हजार रुपैयाँसम्मका तिहार भौचर पनि पाइनेछ।
भुक्तानीमा पनि थप सुविधा छ। आठवटा बैंकसँगको सहकार्यमा योग्य क्रेडिट कार्डबाट तिर्दा २० प्रतिशत अर्थात् बढीमा दुई हजार रुपैयाँसम्म छुट मिल्नेछ भने डेबिट कार्डबाट तिर्दा १५ प्रतिशत अर्थात् बढीमा एक हजार पाँच सय रुपैयाँसम्म छुट पाइनेछ। इसेवा र खल्तीबाट तिर्ने ग्राहकले रश आवरमा एक हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्। कम्तीमा एक हजार एक सय एघार रुपैयाँको अर्डर गर्ने ११ जनाले ५० हजार रुपैयाँभन्दा बढी मूल्यका फिलिप्सका सामान रहेको बन्डल जित्ने मौका पनि पाउनेछन्।
