Tuesday, November 3, 2026
Breaking
कृषि स्नातकका तीन विद्यार्थीले नेपालगन्जमा फुलाए फूलखेती राप्तीसोनारीका किसानको धान गाउँमै किन्ने सहकारीको योजना काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा पर्सामा भन्सार छलेर ल्याइएका दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा बेल्ट एन्ड रोड यू–१९ सिरिजमा थाइल्यान्डमाथि नेपालको शानदार जित अपिल बेवास्ता, तस्करी उकालो : भारतमा तीन महिनामै ५० टन सुन भित्रियो कृषि स्नातकका तीन विद्यार्थीले नेपालगन्जमा फुलाए फूलखेती राप्तीसोनारीका किसानको धान गाउँमै किन्ने सहकारीको योजना काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा पर्सामा भन्सार छलेर ल्याइएका दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा बेल्ट एन्ड रोड यू–१९ सिरिजमा थाइल्यान्डमाथि नेपालको शानदार जित अपिल बेवास्ता, तस्करी उकालो : भारतमा तीन महिनामै ५० टन सुन भित्रियो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

काठमाडौँमा दुईदिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु, रुपेश र आशिस अग्रस्थानमा

खेलकुद By

काठमाडौँमा दुई दिने राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। काठमाडौँ स्पोट्र्स एकेडेमी र काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा भइरहेको प्रतियोगितामा देशभरका १२३ खेलाडी सहभागी छन्।

मंगलबार सम्पन्न पाँच चरणको खेलपछि रुपेश जैसवाल र आशिस फुँयाल पाँच–पाँच अङ्कसहित शीर्ष स्थानमा छन्। पाँचौँ चरणमा जैसवालले धादिङका शुभासकुमार गुरुङलाई हराए भने फुयाँलले ललितपुरका सरोज महर्जनलाई पराजित गरे। पुरुषोत्तम सिलवाल, अभिक शाह र बद्रिलाल नेपाली ४ दशमलव ५ अङ्कसहित दोस्रो स्थानमा छन्।

प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिलातर्फ उत्कृष्ट दश खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिका–१६ की अध्यक्ष रोजिना श्रेष्ठ र एकेडेमीका अध्यक्ष नारायणदास गमालले गरेका थिए।

नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले यस्ता प्रतियोगिताले नेपाली बुद्धिचाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सहयोग गर्ने बताए। प्रतियोगिता महासङ्घका पूर्वउपाध्यक्ष गमालको संयोजनमा सञ्चालन भइरहेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *