काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै दसैँले परिवारभित्रको आत्मीयता, आपसी सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।बुधबार जारी सन्देशमा राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। दसैँका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरु, पुरोहित र मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पर्वको महत्व थप उजागर गरेको उनले उल्लेख गरेका छन्।मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त रूपमा प्रकट हुने यस पर्वको मौलिक सांस्कृतिक परम्पराले पारिवारिक नाता, सामाजिक सद्भाव र एकतालाई थप सुदृढ बनाउने राष्ट्रपति पौडेलको भनाइ छ।साथै उनले नवदुर्गा भवानीसँग सम्पूर्ण नेपालीको सुख–शान्ति र कल्याणका साथै राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिमा योगदान पुगोस् भन्दै प्रार्थना गरेका छन्।
दसैँले पारिवारिक आत्मीयता र एकता बलियो बनाउने राष्ट्रपति पौडेलको विश्वास
