Monday, November 9, 2026
Breaking
तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो सुरुमै विकेट गुम्दा पोखरासँग पराजित भयौं : पवन सर्राफ तीन महिनामा १७५ जना विदेशी नागरिकलाई नेपालबाट फर्काइयो दिवालीको राति भारतभर आगलागी : २३ जनाको मृत्यु, कैयौँ घाइते मनसुन विपद्को डेढ महिनापछि अन्नपूर्णका सबै बस्तीमा सडक पुनः सञ्चालन तिहारमा २४ घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयको निर्देशन दूधकोशीमा बेपत्ता युवा नभेटिएपछि गोताखोर टोली रित्तो हात फर्कियो सुरुमै विकेट गुम्दा पोखरासँग पराजित भयौं : पवन सर्राफ तीन महिनामा १७५ जना विदेशी नागरिकलाई नेपालबाट फर्काइयो दिवालीको राति भारतभर आगलागी : २३ जनाको मृत्यु, कैयौँ घाइते मनसुन विपद्को डेढ महिनापछि अन्नपूर्णका सबै बस्तीमा सडक पुनः सञ्चालन

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

धनकुटामा राति १० पछि देउसी–भैलो र सांस्कृतिक कार्यक्रममा प्रतिबन्ध

समाचार By

धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ। तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ।

देउसी–भैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

पछिल्लो समय मौलिक संस्कृति र परम्पराको नाममा अवाञ्छित गतिविधि बढ्दै गएको गुनासो आएपछि प्रशासनले विशेष सतर्कता अपनाएको जनाएको छ। प्रशासनले राति अबेरसम्म देउसी–भैलो खेल्ने, जबर्जस्ती रकम माग्ने तथा चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

चाडपर्वका बेला हुन सक्ने विकृति र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले पटका, भुइँचम्पा, रकेटलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ। त्यसैगरी जुवातास, अनलाइन सट्टेबाजी, अवैध चिट्ठा तथा ध्वनि प्रदूषण हुने गरी डिजे बजाउने गतिविधिमाथि निगरानी र कारबाही कडा बनाइएको शर्माको भनाइ छ।

कानुनविपरीत गतिविधिमा संलग्न हुने जोकोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन्। उनका अनुसार चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य वृद्धि गर्ने तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने व्यापारीमाथि पनि प्रशासनले निगरानी बढाएको छ।

यातायात क्षेत्रमा यात्रुसँग मनपरी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिने छ। प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रुपमा मनाउन जिल्लावासीलाई आग्रह गर्दै मौलिक संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *