Sunday, November 8, 2026
Breaking
माघ १ देखि पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाटै गर्नुपर्ने आईसीयू र विशेषज्ञ नहुँदा डोल्पा अस्पतालमा गम्भीर बिरामीको उपचारमा सकस फूल बेचेर तिहार खर्च जोहो गर्दै नेपालगञ्जका युवा किसान यूएईसँग सात विकेटले हारेपछि नेपालको यू–१९ एसिया कप यात्रा संकटमा साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद माघ १ देखि पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाटै गर्नुपर्ने आईसीयू र विशेषज्ञ नहुँदा डोल्पा अस्पतालमा गम्भीर बिरामीको उपचारमा सकस फूल बेचेर तिहार खर्च जोहो गर्दै नेपालगञ्जका युवा किसान यूएईसँग सात विकेटले हारेपछि नेपालको यू–१९ एसिया कप यात्रा संकटमा साइबर ब्युरोमा सोधपुछका लागि पुगेका शिवाकोटी, कानुन व्यवसायीलाई भित्र जान रोक देशका चार जिल्लामा जुवातासविरुद्ध प्रहरीको छापा : २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

फूल बेचेर तिहार खर्च जोहो गर्दै नेपालगञ्जका युवा किसान

समाचार By

बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेका युवाहरूले फूल बेचेरै तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयमा कृषि विषयमा स्नातक तह पढ्दै गरेका बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले नेपालगञ्ज उपमहानगरपालिका–१९ को फुटाहा गाउँमा १० कट्ठा जग्गामा सामूहिक रूपमा फूलखेती गरेका हुन्।

बेदराज आचार्यका अनुसार अहिलेसम्म करिब पाँच क्विन्टल फूल बिक्री भइसकेको छ भने अझै करिब पाँच क्विन्टल बाँकी छ। फार्मबाटै प्रतिकिलो चार सय रुपैयाँका दरले फूल बिक्री भइरहेको छ र अहिलेसम्म करिब दुई लाख रुपैयाँ बराबरको बिक्री भइसकेको छ।

अर्का सञ्चालक असिम सिग्देलले तिहारअघि नै करिब दुई लाख रुपैयाँको फूल बिक्री भएको जानकारी दिए। स्थानीयले अग्रिम बुकिङ गरेका छन्। बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट पनि माग आएको भए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ। सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिने विश्वास पैदा भएको उनले बताए।

फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेका छन्। जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ।

भारतीय फूल आयातमा रोक लगाइए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्न सक्ने चर्तीमगरको भनाइ छ। तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक र धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रूपमा फूलको बिक्री वितरण गरिरहेका छन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *