Saturday, October 31, 2026
Breaking
आफ्नो नेभिगेसन प्रणाली बलियो बनाउन भारतले प्रक्षेपण गर्‍यो नयाँ उपग्रह एनभीएस–०३ सीमा नाकाको व्यवस्थापन गर्न नेपाल–चीन संयुक्त समिति गठनको प्रस्ताव पहिरो पन्छाएपछि कालीगण्डकी करिडोरसहितका सडक खुला, यातायात सुचारु निरन्तर वर्षापछि कर्मनासा खोलाको पानी इमाडोल बस्तीमा पस्दा जनजीवन अस्तव्यस्त लगातारको वर्षाले उपत्यकाका नदीमा पानी बढ्यो, किनार क्षेत्रमा नजान आग्रह मनाङको तिलिचोमा एकै दिन ४२ सेन्टिमिटर हिउँ, हिमपहिरो र बाढीको जोखिम बढ्यो आफ्नो नेभिगेसन प्रणाली बलियो बनाउन भारतले प्रक्षेपण गर्‍यो नयाँ उपग्रह एनभीएस–०३ सीमा नाकाको व्यवस्थापन गर्न नेपाल–चीन संयुक्त समिति गठनको प्रस्ताव पहिरो पन्छाएपछि कालीगण्डकी करिडोरसहितका सडक खुला, यातायात सुचारु निरन्तर वर्षापछि कर्मनासा खोलाको पानी इमाडोल बस्तीमा पस्दा जनजीवन अस्तव्यस्त लगातारको वर्षाले उपत्यकाका नदीमा पानी बढ्यो, किनार क्षेत्रमा नजान आग्रह मनाङको तिलिचोमा एकै दिन ४२ सेन्टिमिटर हिउँ, हिमपहिरो र बाढीको जोखिम बढ्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

मुगुमा हिमपात र वर्षाले चिसो बढ्यो, जनजीवन प्रभावित

समाचार By

मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले चिसो ह्वात्तै बढेको छ र जनजीवन प्रभावित बन्दै गएको छ। अग्ला हिमाली बस्तीमा हिउँ परेको छ भने होचा स्थानमा वर्षा जारी छ।

गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ। शनिबार बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिएकी छन्।

तापक्रम घटेसँगै सर्वसाधारणसँगै बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्। निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा र सडक मार्गसमेत प्रभावित भएका छन् भने बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ।

हिमपातले मुगुम कार्मारोङ गाउँपालिकाका डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु र चिमात गाउँ बढी प्रभावित भएका छन्। ती क्षेत्रमा बढी हिउँ र पानी परेकाले चिसो अत्यधिक बढेको छ।

स्थानीय फुर्वा फुटिक लामाका अनुसार हिमपात र वर्षाले एक ठाउँबाट अर्को ठाउँ जान र बस्तुभाउ चराउन समस्या भइरहेको छ। जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न र अनावश्यक आवतजावत नगर्न सबैमा अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षा र हिमपात भइरहे पनि हालसम्म कुनै क्षति भएको छैन।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *