Friday, November 6, 2026
Breaking
बादलको चेतावनी : स्वार्थ नमिले पश्चिमा शक्तिले बालेन सरकार ढाल्न सक्छन् सुरुवाती गल्ती सच्याएपछि जित हात लाग्यो : सुदूरपश्चिमका बोसिस्टो कास्कीमा देउसीभैलो राति १० बजेसम्म मात्र, घरधनीको अनुमति अनिवार्य कर्णालीका बलर यादव : बलिङमा चुक्दा जित हातबाट फुत्कियो राष्ट्रपतिसमक्ष भारतीय राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेस गरे महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७.१८ प्रतिशत लाभांश दिने प्रस्ताव गर्‍यो बादलको चेतावनी : स्वार्थ नमिले पश्चिमा शक्तिले बालेन सरकार ढाल्न सक्छन् सुरुवाती गल्ती सच्याएपछि जित हात लाग्यो : सुदूरपश्चिमका बोसिस्टो कास्कीमा देउसीभैलो राति १० बजेसम्म मात्र, घरधनीको अनुमति अनिवार्य कर्णालीका बलर यादव : बलिङमा चुक्दा जित हातबाट फुत्कियो राष्ट्रपतिसमक्ष भारतीय राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेस गरे महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७.१८ प्रतिशत लाभांश दिने प्रस्ताव गर्‍यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

केन्द्रीय समिति बैठकमै कोइरालाले उठाएका थिए चौधरीको योग्यतामाथि प्रश्न

राजनीति By

उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित भएपछि उनको योग्यतामाथि पार्टीभित्रै प्रश्न उठिरहेको छ । धनाढ्य वर्गको प्रतिनिधित्व गर्ने चौधरीले खुला प्रतिस्पर्धा गर्न सक्ने भए पनि समावेशी कोटा प्रयोग गरेर अरूको भाग खोसेको भन्दै आलोचना भइरहेको छ ।

१४औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमै लिखित मन्तव्य राख्दै चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाएका थिए । २०८२ असार १६ गते बसेको बैठकमा कोइरालाले आफ्नो धारणा राखेका थिए ।

उनको लिखित धारणाको बुँदा नम्बर ६ मा चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन र क्रियाशील सदस्यको १० वर्षे अवधि पुग्थ्यो कि पुग्दैनथ्यो भन्ने प्रश्न उठाइएको थियो । उनले पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गर्दा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गरे पनि १० वर्ष नपुगेकाले गिरिजाबाबुले उम्मेदवार बन्न नदिएको स्मरण गराएका थिए ।

चौधरी क्रियाशील सदस्य बनेको १० वर्ष नपुग्दै केन्द्रीय सदस्य उम्मेदवार बनेर निर्वाचित भएको भन्दै खारेजीको मागसहित दायर रिट अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । २०७४ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले पत्र लेखेरै पार्टी प्रवेश गर्न आग्रह गरेपछि कांग्रेस प्रवेश गरेका चौधरी पार्टी प्रवेश गरेको ९ वर्षमै केन्द्रको उपसभापतिमा समावेशी कोटाबाट निर्वाचित भएका छन् । जबकि विधानमा केन्द्रीय सदस्य र पदाधिकारी बन्न क्रियाशील सदस्य भएको १० वर्ष पुगेको हुनुपर्ने व्यवस्था कायमै छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *