Friday, November 6, 2026
Breaking
टिकट काटेर पनि घण्टौँ कुर्नुपर्ने यात्रुको पीडा : जाममा अल्झिए लामो दूरीका गाडी कर्णालीका कमजोर सूचक सुधार्न केन्द्र सरकारसँग मुख्यमन्त्री शाहीको आग्रह चितवनसँग ३० रनले पराजित पोखरा, लगातार चौथो हारपछि पुछारमै प्रवासी नेपाली मञ्चको नयाँ नेतृत्वमा थापा, सचिवमा सिम्खडा डा. केसीका माग पूरा गर्न चिकित्सक संघले दियो सरकारलाई ४८ घण्टाको समयसीमा ठमेल मात्र होइन, पूरै काठमाडौँ २४ घण्टा खुलाउने तयारी टिकट काटेर पनि घण्टौँ कुर्नुपर्ने यात्रुको पीडा : जाममा अल्झिए लामो दूरीका गाडी कर्णालीका कमजोर सूचक सुधार्न केन्द्र सरकारसँग मुख्यमन्त्री शाहीको आग्रह चितवनसँग ३० रनले पराजित पोखरा, लगातार चौथो हारपछि पुछारमै प्रवासी नेपाली मञ्चको नयाँ नेतृत्वमा थापा, सचिवमा सिम्खडा डा. केसीका माग पूरा गर्न चिकित्सक संघले दियो सरकारलाई ४८ घण्टाको समयसीमा ठमेल मात्र होइन, पूरै काठमाडौँ २४ घण्टा खुलाउने तयारी

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

लुम्बिनीको विजयी यात्रा जारी, जनकपुर १६ रनले पराजित

खेलकुद By

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले हरायो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले ३० बलमा १ छक्का र ३ चौकासहित ३४ रन बनाए । निरोशन डिकवेलाले २७ बलमा २७, दिलिप नाथले १६ बलमा २५ र आशिफ शेखले २१ बलमा २१ रनको योगदान दिए ।

१५० रनको लक्ष्य पछ्याएको जनकपुरले ८ विकेट गुमायो । कप्तान हर्मित सिंहले २० बलमा ३ छक्कासहित ३३, आदित्य महताले २३ बलमा ४ छक्कासहित अविजित ३०, सैफ हसनले २५ बलमा २८ र तृतराज दासले १८ बलमा १८ रन बनाए । लुम्बिनीका डार्सी सर्टले ३, तिलक भण्डारी र शेर मल्लले समान २ तथा रुवेन ट्रम्पेलम्यानले १ विकेट लिए । जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २ तथा कप्तान हर्मित सिंह, अभिषेक तिवारी र ललित राजवंशीले समान १ विकेट लिए ।

यो जितसँगै लुम्बिनी ४ खेलमा ७ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ भने जनकपुर ५ खेलमा ४ अंकसहित चौथो स्थानमा छ । बिहीबार हुने दिनको दोस्रो खेलमा विराटनगर किङ्ग्स र काठमाण्डु गोर्खाज खेल्दैछन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *