Friday, November 6, 2026
Breaking
विराटनगर जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, खरिदकर्ता त्रासमा प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो एक साताको कार्यप्रगति विवरण भोटेकोशी–त्रिशूली विपद् : पुनर्निर्माणमा ७ खर्बभन्दा बढी चाहिने, स्रोत जुटाउन भारत–चीनसँग संवाद राजा र बोपाराको अर्धशतकीय साझेदारीमा चितवनको १५१, पोखरालाई १५२ रनको लक्ष्य तिहार सुरु: आज बेलुकी यमदीपदान, काग तिहार शनिबार तिहारका लागि लुम्बिनीमा २७९ टन फूल, साढे सात करोडको कारोबारको अनुमान विराटनगर जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, खरिदकर्ता त्रासमा प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो एक साताको कार्यप्रगति विवरण भोटेकोशी–त्रिशूली विपद् : पुनर्निर्माणमा ७ खर्बभन्दा बढी चाहिने, स्रोत जुटाउन भारत–चीनसँग संवाद राजा र बोपाराको अर्धशतकीय साझेदारीमा चितवनको १५१, पोखरालाई १५२ रनको लक्ष्य तिहार सुरु: आज बेलुकी यमदीपदान, काग तिहार शनिबार तिहारका लागि लुम्बिनीमा २७९ टन फूल, साढे सात करोडको कारोबारको अनुमान

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कोषमा अर्बौं हुँदाहुँदै बाढीपीडित राहतबाट वञ्चित, सांसदको प्रश्न

समाचार By

काठमाडौं । प्रतिनिधिसभा सदस्य बलावती शर्माले भोटेकोशी बाढीपीडित तथा विस्थापित नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्याप्त रकम भए पनि पीडितले राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शर्माले बाढी प्रभावितहरूले सरकारले दिने भनेको घरभाडाबापतको १५ हजार रुपैयाँसमेत हालसम्म नपाएको गुनासो गरिन् । ‘दसैँ आयो, तिहार पनि सकियो, सँगसँगै जाडो पनि आइसक्यो,’ उनले भनिन्, ‘कोषमा १८ अर्ब रुपैयाँ छ, पैसा छैन भन्ने अवस्था पनि छैन । तर, पीडितलाई रकम किन वितरण भइरहेको छैन ?’ सरकारको ध्यान अन्य अनावश्यक काममा गएको तर बाढीपीडितको आवाज भने नसुनेको उनको आरोप छ ।

बाढीपीडितसँगै होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले हिजो उठाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूको जाडो पनि त्यहीँ बित्ने देखिएको बताइन् । विस्थापित परिवारका बालबालिकाहरू विद्यालय जान पाए वा नपाएको, ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे सरकार बेखबर रहेको उनले बताइन् ।

यो विषय प्रत्यक्ष रूपमा मानवअधिकारसँग जोडिएको उल्लेख गर्दै सांसद शर्माले समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गरिन् । मानवअधिकारको विषय भएकाले आफूले समिति सभापतिको ध्यानाकर्षण गराएको बताउँदै उनले संसदीय समिति स्वयं एकपटक होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको वास्तविक अवस्था बुझ्न जरुरी रहेको बताइन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *