Thursday, November 5, 2026
Breaking
पूर्वाधार सम्मेलनअघि कानुनी उल्झन अन्त्य गर्ने सरकारको प्रतिबद्धता सर्वोच्चमा दर्ता भएन हटाइएका पूर्वप्रहरी प्रमुख कार्कीको रिट सरकारको काममा पार्टीले हस्तक्षेप गर्दैन : सभापति लामिछाने नेतृत्वमाथि भ्रम फैलाउने प्रयासको संसद्मै प्रतिवाद गर्ने कांग्रेसको निर्णय रुस–युक्रेन युद्धविरामको आफ्नो कूटनीतिक पहल सार्वजनिक गर्न ह्वाइट हाउसमा मेलानिया ट्रम्प पुरानो ढर्रा तोड्दै पूर्वाधार सम्मेलन नयाँ ब्रान्डमा उभ्याउने तयारी : अर्थमन्त्री वाग्ले पूर्वाधार सम्मेलनअघि कानुनी उल्झन अन्त्य गर्ने सरकारको प्रतिबद्धता सर्वोच्चमा दर्ता भएन हटाइएका पूर्वप्रहरी प्रमुख कार्कीको रिट सरकारको काममा पार्टीले हस्तक्षेप गर्दैन : सभापति लामिछाने नेतृत्वमाथि भ्रम फैलाउने प्रयासको संसद्मै प्रतिवाद गर्ने कांग्रेसको निर्णय रुस–युक्रेन युद्धविरामको आफ्नो कूटनीतिक पहल सार्वजनिक गर्न ह्वाइट हाउसमा मेलानिया ट्रम्प पुरानो ढर्रा तोड्दै पूर्वाधार सम्मेलन नयाँ ब्रान्डमा उभ्याउने तयारी : अर्थमन्त्री वाग्ले

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार

राजनीति By

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो । कार्यतालिकाअनुसार शुक्रबार उजुरीकर्तासँग छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिनेछ ।

शनिबार भने जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ हुनेछ । समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सभापति श्रेष्ठका अनुसार डा. बागचन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सात उजुरी परेका छन् । पाँच जनाले चारै जनाविरुद्ध उजुरी दिएका छन् । बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको थियो ।

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि यी चार जनाको नाम सिफारिस गरेको थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *