Thursday, November 5, 2026
Breaking
पोखराको रत्नमन्दिरसहित ट्रष्टका जग्गा व्यावसायिक प्रयोजनमा दिने प्रस्तावको विरोध बुढानीलकण्ठ मन्दिर परिसर खाली गरिँदै, अतिक्रमण हटाएर पैदल मार्ग बन्ने गोर्खाजविरुद्ध किंग्स पहिला ब्याटिङमा, टस जितेर करणले रोजे फिल्डिङ मोइन अली नहुँदा जनकपुरलाई धक्का, प्लेअफको बाटो कठिन बन्दै चेपाङ बस्तीमा घर र बाख्रा दिने मुख्यमन्त्रीको प्रतिबद्धता गाजाका घाइते बालबालिकाको उपचारमा अवरोध, एक हजारभन्दा बढी बालबालिका अपाङ्ग पोखराको रत्नमन्दिरसहित ट्रष्टका जग्गा व्यावसायिक प्रयोजनमा दिने प्रस्तावको विरोध बुढानीलकण्ठ मन्दिर परिसर खाली गरिँदै, अतिक्रमण हटाएर पैदल मार्ग बन्ने गोर्खाजविरुद्ध किंग्स पहिला ब्याटिङमा, टस जितेर करणले रोजे फिल्डिङ मोइन अली नहुँदा जनकपुरलाई धक्का, प्लेअफको बाटो कठिन बन्दै चेपाङ बस्तीमा घर र बाख्रा दिने मुख्यमन्त्रीको प्रतिबद्धता गाजाका घाइते बालबालिकाको उपचारमा अवरोध, एक हजारभन्दा बढी बालबालिका अपाङ्ग

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार

राजनीति By

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो । कार्यतालिकाअनुसार शुक्रबार उजुरीकर्तासँग छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिनेछ ।

शनिबार भने जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ हुनेछ । समितिका सभापति बोधनारायण श्रेष्ठले सुनुवाइको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सभापति श्रेष्ठका अनुसार डा. बागचन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सात उजुरी परेका छन् । पाँच जनाले चारै जनाविरुद्ध उजुरी दिएका छन् । बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको थियो ।

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि यी चार जनाको नाम सिफारिस गरेको थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *