Sunday, November 8, 2026
Breaking
हर्मुज जलमार्गमा तीन ट्याङ्करमा विस्फोट र आगलागी एटलान्टिक मार्गमा डुङ्गा दुर्घटना, सेनेगलमा २१ आप्रवासीको ज्यान गयो बाढीमा बेपत्ता भएका पाँच हजारभन्दा बढीको अवस्था अझै अन्योलमा, परिवार राहतको पर्खाइमा पाकिस्तानको जितसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरियो तिहार–छठमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्री श्रेष्ठले गरे कमाण्ड सेन्टरको निरीक्षण नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे हर्मुज जलमार्गमा तीन ट्याङ्करमा विस्फोट र आगलागी एटलान्टिक मार्गमा डुङ्गा दुर्घटना, सेनेगलमा २१ आप्रवासीको ज्यान गयो बाढीमा बेपत्ता भएका पाँच हजारभन्दा बढीको अवस्था अझै अन्योलमा, परिवार राहतको पर्खाइमा पाकिस्तानको जितसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरियो तिहार–छठमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्री श्रेष्ठले गरे कमाण्ड सेन्टरको निरीक्षण नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

तिहार लागेसँगै भक्तपुरमा फूलको भाउ आकासियो

समाचार By

तिहार सुरु भएसँगै भक्तपुरमा फूल र मालाको मूल्य ह्वात्तै बढेको छ। शुक्रबार धनतेरस लागेपछि बजारमा किनमेल गर्नेको भीड बढेको छ र व्यापारी तथा बिचौलिया किसानको घरदैलोमै पुगेर फूल किन्न थालेका छन्।

भक्तपुरमा सबैभन्दा धेरै फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरघरमा व्यापारी पुग्न थालेका छन्। व्यापारीबीचको होडबाजीले नै किसानबाट किन्ने मूल्य बढेको हो। शुक्रबारसम्म प्रतिमाला २२ देखि २५ रुपैयाँमा किनिँदै आएको मखमलीको माला आजदेखि किसानको घरबाटै ३० देखि ३५ रुपैयाँमा उठ्न थालेको छ। तर बजारमा त्यही माला ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ।

गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीका अनुसार व्यापारीले किसानबाट लगेको मूल्यभन्दा दोब्बर–तेब्बरमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेका छन्। पुस्तौँदेखि मखमली उत्पादन गर्दै आएकी ताथलीकी बनमालाले पनि आजदेखि प्रतिमाला ३० रुपैयाँमा बिक्री गर्न थालेको बताइन्।

गुण्डुमा पछिल्लो १५ वर्षदेखि व्यावसायिक रूपमा फूलको कारोबार गर्दै आएकी मीना नगरकोटीले तिहार आएसँगै मूल्य बढेको बताइन्। स्थानीय उर्मिला नगरकोटीका अनुसार फूल र मालाको व्यापारबाटै एउटा परिवारले एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्छ। गुण्डुबाट मात्रै वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको फूलमाला उत्पादन तथा बिक्री हुने गरेको छ।

सयपत्री फूल चार–पाँच वटाको मुठा बनाएर २० देखि २५ रुपैयाँमा बिक्री हुने गरेको छ। ढ्वाङमा भरेर बिक्री गर्दा किसानले सात सय रुपैयाँसम्म पाउने गरेका छन् भने बजारमा सयपत्री किलोको चार सयदेखि पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ। मध्यपुरथिमि–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलका अनुसार आज सयपत्री किलोको चार सय ५० रुपैयाँ र मखमलीको माला ७० रुपैयाँमा बिक्री भइरहेको छ। भोलिदेखि मूल्य अझै बढ्ने उनको भनाइ छ।

यस वर्ष लामो झरी र वर्षातले टनेल बाहिरका सयपत्री खेती नष्ट भएपछि उत्पादन घटेको र त्यसले पनि मूल्य बढाएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए। उनका अनुसार सयपत्रीको माला लम्बाइअनुसार प्रतिगोटा एक सय ५० देखि आठ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *