Sunday, November 8, 2026
Breaking
तिहार–छठमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्री श्रेष्ठले गरे कमाण्ड सेन्टरको निरीक्षण नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे बौद्ध कप फुटबल : एभरग्रिन च्याम्पियन, मितेरीलाई ३–० ले पराजित इरानमा हतियार आपूर्ति रोक्न अमेरिकी सेनाले बनायो विशेष कार्यदल पोखरामा स्टार्टअप समिट : युवालाई रोजगारी खोज्ने होइन, सिर्जना गर्ने बनाउने अभियान डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, समातिनेको संख्या ६ पुग्यो तिहार–छठमा विद्युत् आपूर्ति सहज बनाउन मन्त्री श्रेष्ठले गरे कमाण्ड सेन्टरको निरीक्षण नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे बौद्ध कप फुटबल : एभरग्रिन च्याम्पियन, मितेरीलाई ३–० ले पराजित इरानमा हतियार आपूर्ति रोक्न अमेरिकी सेनाले बनायो विशेष कार्यदल पोखरामा स्टार्टअप समिट : युवालाई रोजगारी खोज्ने होइन, सिर्जना गर्ने बनाउने अभियान डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, समातिनेको संख्या ६ पुग्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

नवलपुरमा मादलको बजार फेरि तात्यो, युवा ग्राहक बढे

समाचार By

२२ कात्तिक, नवलपुर । तिहार नजिकिएसँगै नवलपुरमा मौलिक बाजा मादलको कारोबार फेरि बढ्न थालेको छ । युवापुस्ता परम्परागत बाजातर्फ आकर्षित हुन थालेपछि यहाँका कालीगढ र पसल सञ्चालकहरू व्यस्त भएका छन् ।

विगत २७ वर्षदेखि मादल बनाउँदै आएका यहाँका कालीगढ नारायण नेपालीका अनुसार पछिल्ला वर्षहरूमा घटेको मादलको माग अहिले पुरानै अवस्थामा फर्किएको छ । पहिले चाडपर्वका बेला मात्र केही मात्रामा मादल बिक्री हुने गरेकोमा अहिले बजार वर्षभरि नै चलायमान बनेको उनको भनाइ छ । केही वर्षअघिसम्म स्पिकरको प्रयोग बढ्दा मादलको बजार खुम्चिएको थियो, तर अहिले नाचगानमा मादल अनिवार्य जस्तै प्रयोग हुन थालेको छ ।

नारायणलाई मादल बनाउने काममा घरका अन्य दुई सदस्यले सघाउँछन् । उनकी श्रीमती चन्द्रा नेपाली मादलमा खरी घोट्ने काम गर्छिन् भने अन्य दुई जनाले मादल तयार पार्ने काम गर्छन् । एउटा मादल तयार पार्न कम्तीमा तीन घण्टा लाग्ने गरेको चन्द्राले बताइन् । मादल बनाउन चाहिने सामान पोखरा, काठमाडौँ र भारतबाट समेत ल्याउने गरिएको छ ।

यहाँको राधाकृष्ण म्युजिक सपका सञ्चालक दिनेश नेपालीले यस वर्ष मादलको कारोबार बढेको बताए । विगतका तिहारमा सुनसान हुने पसलमा अहिले ग्राहकको चहलपहल बढेको र किन्न आउनेमध्ये अधिकांश युवा रहेको उनको भनाइ छ ।

घोषणा मादल पसलकी सञ्चालक शान्तमाया बसेलका अनुसार गत वर्षबाट बढ्न थालेको कारोबार यस वर्ष कोरोनाअघिकै अवस्थामा पुगिसकेको छ । विगत १० वर्षदेखि पसल सञ्चालन गर्दै आएका उनका श्रीमान् विष्णुकुमार बसेलले विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूह र व्यक्तिगत प्रयोजनका लागि मादल खरिद हुने गरेको बताए ।

यहाँ बनेका मादल नवलपुरसहित चितवन, तनहुँ, लमजुङ र पोखरासम्म पुग्ने गरेका छन् । बजारमा दुई हजार ५०० देखि आठ हजार रुपैयाँसम्मका मादल र १४ हजार रुपैयाँसम्मका ढोलक बिक्री भइरहेका छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *