काठमाडौं । अमेरिकी र्यापर जे–जीको ‘लुसिफर’ गीत पृष्ठभूमिमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका छन् । सोमबार दिउँसो उनले फेसबुकमार्फत् कालो चश्मा र कालै हाइनेक लगाएर कारभित्र खिचेको सेल्फी सार्वजनिक गरेका हुन् ।
तस्बिरमा उनले हातले कपाल समातेको र निधार चाउरिएको देखिन्छ । क्याप्सनमा उनले मुसुक्क हाँस्ने इमोजी राखेका छन् ।
राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तरवार्ताका क्रममा ‘लुसिफर’ को संज्ञा दिएपछि यो शब्द चर्चित भएको थियो । प्रधानमन्त्री शाहले सोही शीर्षकको गीत पृष्ठभूमिमा राखेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि चासो बढेको छ ।
प्रधानमन्त्रीको यो तस्बिर सामाजिक सञ्जालमा छिट्टै फैलिएको छ । प्रयोगकर्ताहरूले तस्बिर र गीतको छनोटबारे विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई प्रधानमन्त्रीको नयाँ शैलीका रूपमा लिएका छन् भने कतिपयले टिप्पणीकारले दिएको संज्ञाप्रति उनको जवाफका रूपमा बुझेका छन् ।
यसअघि पनि प्रधानमन्त्री शाह सामाजिक सञ्जालमार्फत् आफ्ना गतिविधि सार्वजनिक गर्दै आएका छन् । उनको यो पछिल्लो पोस्टले भने गीतको शीर्षकका कारण थप चर्चा पाएको छ । तस्बिर सार्वजनिक भएको केही समयमै यसले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ ।
