काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा देशभरका नेपालीलाई शुभकामना दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले नेपाल संवत्लाई नेपाली समाजको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीकका रूपमा वर्णन गरेका छन्।
थापाले लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा र उत्साहसँगै सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।
उनले आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बन्दै जाओस् भन्ने कामना गरेका छन्। म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भन्ने उनको शुभेच्छा छ।
थापाले सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपाल निर्माणको साझा यात्रामा थप प्रेरणा दिने विश्वास समेत व्यक्त गरेका छन्।
