Tuesday, November 10, 2026
Breaking
एनपीएल : सुदूरपश्चिमको १२० रन, जनकपुरसामु १२१ रनको चुनौती एनभिडिया प्रमुखको सम्पत्ति आधा घण्टामै ७ अर्ब डलरभन्दा बढी घट्यो, फोर्ब्स सूचीमा दुई स्थान तल स्विडेनको नेतृत्वमा बाल्टिक सागरमा नाटोको पनडुब्बी खोजी अभ्यास स्वन्ति नखाःको अन्तिम दिन भक्तपुरमा किजा पूजा एआईको मागले चीनको व्यापार बचत पहिलोपटक १० महिनामै १ ट्रिलियन डलर नाघ्यो इमरान खान र बुशरा बीबीसँग वकिलले एक घण्टा भेट्न पाउने एनपीएल : सुदूरपश्चिमको १२० रन, जनकपुरसामु १२१ रनको चुनौती एनभिडिया प्रमुखको सम्पत्ति आधा घण्टामै ७ अर्ब डलरभन्दा बढी घट्यो, फोर्ब्स सूचीमा दुई स्थान तल स्विडेनको नेतृत्वमा बाल्टिक सागरमा नाटोको पनडुब्बी खोजी अभ्यास स्वन्ति नखाःको अन्तिम दिन भक्तपुरमा किजा पूजा एआईको मागले चीनको व्यापार बचत पहिलोपटक १० महिनामै १ ट्रिलियन डलर नाघ्यो इमरान खान र बुशरा बीबीसँग वकिलले एक घण्टा भेट्न पाउने

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

स्वन्ति नखाःको अन्तिम दिन भक्तपुरमा किजा पूजा

समाचार By

भक्तपुर — नेवार समुदायको प्रमुख चाड स्वन्ति नखाःको अन्तिम दिन आज भक्तपुरलगायत देशभरका नेवार बस्तीमा किजा पूजा मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै यो पर्व मनाउने चलन छ।

यस वर्ष तिहारका तिथिबारे विभिन्न पात्रो र सरोकारवालाबीच फरक–फरक मिति सार्वजनिक भएपछि सर्वसाधारणमा अन्योल देखिएको थियो। त्यसपछि भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण र जात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलबाट तिथि टुंग्याइएको हो। सोही निर्णयअनुसार कात्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाउने तय भएको थियो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार कात्तिक २२ गते आइतबार बिहान १०ः५४ बजेदेखि औँसी तिथि सुरु भएकाले साँझ लक्ष्मी पूजा गरियो। कात्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेदेखि प्रतिपदा सुरु भएकाले म्हः पूजा मनाइयो भने कात्तिक २४ गते मंगलबार दिउँसो १२ः४१ बजेदेखि द्वितीया तिथि लागेकाले आज साँझ किजा पूजा गरिँदै छ।

नेवार समुदायमा किजा पूजालाई भाइटीकाका रूपमा पनि चिनिन्छ। म्हः पूजाको भोलिपल्ट पर्ने यो पर्वमा दिदीबहिनी दाजुभाइको घरमा पुगेर विधिपूर्वक पूजा गर्छन्। पूजाअघि भुइँमा रातो माटोले लिपन गरिन्छ र चामलको पीठोबाट मण्डल बनाइन्छ। त्यसपछि दाजुभाइलाई मण्डलमा राखेर वरिपरि तेलको घेरा बनाइन्छ, बत्ती बालिन्छ र विभिन्न सामग्री चढाइन्छ।

पूजामा बिमिरो, ओखर, मखमली फूलको माला, दुबो, धागो र फलफूलको विशेष महत्व छ। अण्डा, माछा, मासु, बारा र रक्सीसमेत समावेश गरी पाँच प्रकारको सगुन दिने परम्परा छ, जसलाई पञ्चतत्वको प्रतीक मानिन्छ। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर मखमली फूलको माला र प्रसाद दिन्छन् भने दाजुभाइले उपहार तथा दक्षिणा दिने चलन छ।

भक्तपुरमा बहिनीले दाइलाई र फूपूले भतिजालाई समेत पूजा गर्ने चलन छ। इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार यो पर्वसँग यमराज र यमुनाको पौराणिक कथा जोडिएको छ। कथाअनुसार यमुनाले दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग सर्त राखेर पूजा गरेकी थिइन्। मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुलाई मृत्युले नछुने विश्वास गरिन्छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *