Tuesday, November 10, 2026
Breaking
नेपाल संवत् ११४७ को स्वागतमा पनौतीमा सांस्कृतिक भिन्तुना र्‍याली कोप–३१ मा नेपाल पभिलियनमा ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीमाथि विशेष छलफल देउसी–भैलोमा अमर्यादित गतिविधि देखिए प्रहरीको १०० नम्बरमा खबर गर्न गृहमन्त्रीको आग्रह डेनमार्कमा जेलेन्स्की र नर्डिक नेताहरूको भेट: युक्रेनलाई झन्डै ७२ करोड डलर सैन्य सहायता जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुन मन्त्री चौधरी टर्की उडिन् जनकपुर–सुदूरपश्चिम खेलका क्रममा दर्शकबीच झडप, प्रहरीले मैदानबाहिर निकाल्यो नेपाल संवत् ११४७ को स्वागतमा पनौतीमा सांस्कृतिक भिन्तुना र्‍याली कोप–३१ मा नेपाल पभिलियनमा ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीमाथि विशेष छलफल देउसी–भैलोमा अमर्यादित गतिविधि देखिए प्रहरीको १०० नम्बरमा खबर गर्न गृहमन्त्रीको आग्रह डेनमार्कमा जेलेन्स्की र नर्डिक नेताहरूको भेट: युक्रेनलाई झन्डै ७२ करोड डलर सैन्य सहायता जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुन मन्त्री चौधरी टर्की उडिन् जनकपुर–सुदूरपश्चिम खेलका क्रममा दर्शकबीच झडप, प्रहरीले मैदानबाहिर निकाल्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कोप–३१ मा नेपाल पभिलियनमा ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीमाथि विशेष छलफल

समाचार By

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी विषयमा विशेष अन्तरक्रिया सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी बढाउने विषयमा छलफल भएको थियो।

प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको सत्रमा एसियाली प्रविधि संस्थान थाइल्यान्डका प्राध्यापक शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरे। मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता मुकेश घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए।

छलफलमा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार शिरीष पाण्डे, इप्पान कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी थिए। पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालै पुगेको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भयो। पाण्डेले हालैका क्षतिबारे जानकारी गराए, गैरेले निजी क्षेत्रका चुनौती प्रस्तुत गरिन् भने वशिष्ठले क्षेत्रीय अनुभव र विश्वव्यापी प्रवृत्तिबारे बताए।

दोस्रो चरणमा योजना र लगानी विषयमा छलफल भयो। पाण्डेले सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण र ब्याट्री ऊर्जा भण्डारण प्रणालीको आवश्यकताबारे जानकारी गराए। गैरेले निजी क्षेत्रका जोखिमबारे धारणा राखिन्। वशिष्ठले आफ्नो संस्थाको लगानी अनुभव, वित्तीय संयन्त्र र नेपालको उदाहरणका रूपमा एनआईएफआरएको हरित ऊर्जा बन्डबारे चर्चा गरे।

सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ सुनाए। पाण्डेले कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा ल्याएर बढ्दो जलवायु जोखिम, नेपालका उत्थानशीलताका प्राथमिकता र लगानी जुटाउने उपायबारे छलफल गराएको बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *