Tuesday, November 3, 2026
Breaking
तिनचुलीमा अवैध पटाका भण्डारण गर्ने भारतीय नागरिक पक्राउ, म्याद गुज्रिएका चकलेट पनि बरामद दुई हजारको तालिममा ६८ हजार आवेदन, सबैलाई सहभागी गराइने बर्लिनमा जेलेन्स्की: हवाई प्रतिरक्षा र ऊर्जा सहयोगबारे जर्मनीसँग छलफल मध्यावधि निर्वाचनमा कंग्रेसको नियन्त्रण कसको हातमा ? निर्माण हुन नसक्ने ७२ समस्याग्रस्त आयोजना विभागबाट हटाइने तिहारमा आगलागीबाट जोगिन झापामा सशस्त्र प्रहरीको तयारी अभ्यास तिनचुलीमा अवैध पटाका भण्डारण गर्ने भारतीय नागरिक पक्राउ, म्याद गुज्रिएका चकलेट पनि बरामद दुई हजारको तालिममा ६८ हजार आवेदन, सबैलाई सहभागी गराइने बर्लिनमा जेलेन्स्की: हवाई प्रतिरक्षा र ऊर्जा सहयोगबारे जर्मनीसँग छलफल मध्यावधि निर्वाचनमा कंग्रेसको नियन्त्रण कसको हातमा ? निर्माण हुन नसक्ने ७२ समस्याग्रस्त आयोजना विभागबाट हटाइने तिहारमा आगलागीबाट जोगिन झापामा सशस्त्र प्रहरीको तयारी अभ्यास

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कोप–३१ मा हिमाल र जलवायु न्यायको आवाज बलियो बनाउने नेपालको अडान

समाचार By

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन्। फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालले मंगलबार आयोजना गरेको ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्।

मन्त्री चौधरीले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन्। उनले हानि तथा नोक्सानी कोषबाट नेपालले दुई करोड १६ लाख अमेरिकी डलर प्राप्त गरेको र अनुकूलन कोषबाट करिब चार करोड ५० लाख डलरका तीन परियोजना अघि बढाउन स्वीकृति पाएको जानकारी दिइन्।

जलवायु वित्त पर्याप्त, समयमै र ऋण नभई अनुदानका रूपमा उपलब्ध हुनुपर्ने उनको भनाइ थियो। नेपालले भुटानसँग मिलेर हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको विषयलाई कोप–३१ को कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेको उनले बताइन्। विकसित राष्ट्रहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन सहयोग तीन गुणा बढाउनुपर्ने र हिमाली समुदायका समस्या विश्व जलवायु वार्तामा प्राथमिकताका साथ उठाउनुपर्नेमा उनले जोड दिइन्।

“जलवायु कूटनीति दया माग्ने काम होइन, यो हाम्रो अधिकार, सबैको जिम्मेवारी र साझेदारीको कुरा हो,” मन्त्री चौधरीले भनिन्। जलवायु वित्त स्थानीय तहसम्म पुर्‍याउँदै महिला, आदिवासी जनजाति, दलित तथा युवाको सहभागिता सुनिश्चित गरिने पनि उनले बताइन्।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *