Tuesday, November 10, 2026
Breaking
ट्रिनिडाड एन्ड टोबागोमा एक शताब्दी पुरानो समलिंगी प्रतिबन्ध खारेज, ऐतिहासिक फैसला एनपीएल प्लेअफ समीकरण : सात खेल बाँकी हुँदा को कति नजिक ? पोखरामा भाइटिका महोत्सव: एक सय विदेशी पर्यटकले लगाउने सप्तरङ्गी टीका ब्लु नाइलमा विस्थापित नागरिकमाथि ड्रोन आक्रमण, नौ जनाको ज्यान गयो चीन र ईयूबीचको सहकार्य दुवैका लागि लाभदायी, टकराव हानिकारक : वाङ यी एनपीएल : सुदूरपश्चिमसँग जनकपुर २७ रनले पराजित, रोयल्स दोस्रो स्थानमा ट्रिनिडाड एन्ड टोबागोमा एक शताब्दी पुरानो समलिंगी प्रतिबन्ध खारेज, ऐतिहासिक फैसला एनपीएल प्लेअफ समीकरण : सात खेल बाँकी हुँदा को कति नजिक ? पोखरामा भाइटिका महोत्सव: एक सय विदेशी पर्यटकले लगाउने सप्तरङ्गी टीका ब्लु नाइलमा विस्थापित नागरिकमाथि ड्रोन आक्रमण, नौ जनाको ज्यान गयो चीन र ईयूबीचको सहकार्य दुवैका लागि लाभदायी, टकराव हानिकारक : वाङ यी एनपीएल : सुदूरपश्चिमसँग जनकपुर २७ रनले पराजित, रोयल्स दोस्रो स्थानमा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / विश्व

क्रेमलिनको दबाबपछि रुसको स्वतन्त्र अखबार नोभाया गाजेता बन्द

विश्व By

मस्को — क्रेमलिनको दबाबका कारण बन्द हुन लागेको घोषणा गरेको रुसको प्रमुख स्वतन्त्र अखबार नोभाया गाजेताले सोमबार अन्तिम सम्पादकीय बैठक आयोजना गर्दै आफ्नो कार्यालय खाली गरेको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि कडा नियन्त्रण र सरकारका आलोचकविरुद्ध अभियान चलिरहेका बेला यो अखबार लामो समयसम्म रुसी सत्ता र युक्रेनमाथि रुसले गरेको आक्रमणको खुलेर आलोचना गर्ने सीमित सञ्चारमाध्यममध्ये एक थियो ।

रुसी अधिकारीले अखबारलाई विदेशी एजेन्टको संज्ञा दिएका थिए । यसका पत्रकारहरूलाई पक्राउ गर्नुका साथै सोधपुछसमेत गरिएको थियो । रुसी सञ्चारमाध्यम सोटा भिजन र ओस्तोरोज्नो नोभोस्तीका अनुसार अखबारले सोमबार अन्तिम सम्पादकीय बैठक आयोजना गरेको थियो ।

ओस्तोरोज्नो नोभोस्तीले सार्वजनिक गरेका तस्बिरमा प्रधान सम्पादक सर्गेई सोकोलोभले हत्या गरिएका पत्रकारहरूका तस्बिर कार्यालयको भित्ताबाट हटाउँदै गरेको देखिन्छ । ती पत्रकारको हत्या उनीहरूले गरेको खोजमूलक पत्रकारितासँग सम्बन्धित रहेको मानिँदै आएको छ । हटाइएका तस्बिरमध्ये पत्रकार अन्ना पोलितकोभस्कायाको तस्बिर पनि थियो । उनले चेचेन्यामा रुसी सेनाबाट भएका दुव्र्यवहारका आरोपबारे वर्षौँसम्म खोजमूलक समाचार लेखेकी थिइन् । उनी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालका प्रारम्भिक र मुखर आलोचकसमेत थिइन् । सन् २००६ अक्टोबरमा पुटिनको जन्मदिनकै दिन उनलाई आफ्नै अपार्टमेन्टमा मृत फेला पारिएको थियो ।

गत महिना सार्वजनिक एक भावुक भिडियो सन्देशमा प्रधान सम्पादक सोकोलोभले अखबारको हत्या गरिएको बताएका थिए । रुसी अधिकारी र सुरक्षा निकायले सम्पादकीय टोलीलाई काम बन्द गर्न बाध्य पारेकाले अखबार बन्द गर्नुपरेको उनको भनाइ थियो ।

रिपोर्टर्स विदाउट बोर्डर्स र एमनेस्टी इन्टरनेसनल लगायत मानव अधिकारवादी संस्थाहरूले अखबार बन्द गर्ने निर्णयको निन्दा गरेका छन् । अक्टोबरमा जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले अखबार बन्द हुनुलाई रुसमा बाँकी रहेका स्वतन्त्र सञ्चारमाध्यममाथि गरिएको अर्को विनाशकारी प्रहार भनेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार यसलाई परिवर्तनको सामान्य चक्रको संज्ञा दिएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले रुसमा स्वतन्त्र सञ्चारमाध्यमको युग अन्त्य हुँदैछ भन्नु गलत हुने बताए । रुसी सञ्चारमाध्यम विविधतापूर्ण रहेको र प्रतिस्पर्धात्मक वातावरणमा विकास भइरहेको उनको दाबी थियो । युक्रेनमा युद्ध सुरु भएयता रुसले सञ्चारमाध्यममाथि कडा सेन्सरसिप लागू गरेको छ । त्यसका कारण अधिकांश स्वतन्त्र सञ्चारमाध्यम निर्वासनमा जान बाध्य भएका छन् ।

मिडिया फ्रिडम गठबन्धनका सहअध्यक्ष बेलायत र फिनल्यान्डले संयुक्त विज्ञप्ति जारी गर्दै अखबार बन्द हुनुलाई रुसमा स्वतन्त्र पत्रकारितामाथि जारी दबाबको स्पष्ट सङ्केत भनेका छन् । उनीहरूले रुसलाई स्वतन्त्र सञ्चारमाध्यम र पत्रकारमाथिको दमन अन्त्य गर्न आह्वान गरेका छन् । सन् १९९३ मा सोभियत सङ्घको विघटनपछि स्थापना भएको नोभाया गाजेता मानव अधिकार उल्लङ्घनका घटनाको खोज तथा दस्तावेजीकरण गर्ने रुसको प्रतिष्ठित सञ्चारमाध्यममध्ये एक थियो ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *