Monday, October 19, 2026
Breaking
दसैँको बेलामा कस्तो रहला मौसम? तीन दिनको पूर्वानुमान सार्वजनिक दसैँपछि कर्णालीमा राष्ट्रिय खेलकुद: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी कस्तो छ? ओसीआई कार्ड रद्दको नोटिसविरुद्ध अभिनेता इमरान खान हाईकोर्ट पुगे चितवन निकुञ्जमा चाडपर्व लक्षित विशेष सुरक्षा, एक हजार दुई सयभन्दा बढी जनशक्ति परिचालन धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुँदै दसैँको बेलामा कस्तो रहला मौसम? तीन दिनको पूर्वानुमान सार्वजनिक दसैँपछि कर्णालीमा राष्ट्रिय खेलकुद: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी कस्तो छ? ओसीआई कार्ड रद्दको नोटिसविरुद्ध अभिनेता इमरान खान हाईकोर्ट पुगे चितवन निकुञ्जमा चाडपर्व लक्षित विशेष सुरक्षा, एक हजार दुई सयभन्दा बढी जनशक्ति परिचालन धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुँदै

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

चितवन निकुञ्जमा चाडपर्व लक्षित विशेष सुरक्षा, एक हजार दुई सयभन्दा बढी जनशक्ति परिचालन

समाचार By

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा रणनीति तयार गरेको छ । चोरी सिकारी नियन्त्रणका लागि निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाका गरी एक हजार दुई सयभन्दा बढी जनशक्ति परिचालन गरिने निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वको समयमा निकुञ्जभित्र अपरिचित मानिसको चहलपहल बढ्ने हुँदा चोरी सिकारीको जोखिम बढ्छ । यही जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । संवेदनशील क्षेत्रमा अहिले ३५ स्पाई क्यामेरा जडान गरेर निगरानी भइरहेको छ ।

जोखिम भएका क्षेत्रमा स्पाई क्यामेरासहित क्याम्पिङ र एम्बुसिङका गतिविधि सञ्चालन गरिनेछ । नियमित गस्तीसँगै स्विपिङ, पट्रोलीङ, साइकल गस्ति, मोटरसाइकल गस्ति तथा डुंगा, गाडी र हात्तीबाट पनि गस्ति हुने मगरले बताए । स्थानीय बासिन्दा पर्व मनाउन व्यस्त हुने समयमा चोरी सिकारी बढी संवेदनशील हुने मानिन्छ ।

निकुञ्जभित्रका ५७ स्थायी र तीन अस्थायी पोष्टबाट सुरक्षा दिइँदै आएको छ । शंकास्पद स्थानमा तालिम प्राप्त कुकुरमार्फत पनि निगरानी गरिनेछ । आवश्यकता अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरेर निकुञ्जभित्रका बस्तीमा समेत निगरानी बढाइएको सूचना अधिकारी मगरले जानकारी दिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *