Wednesday, October 28, 2026
Breaking
चर्च आक्रमणको जवाफमा जोर्डनको सिरियामा हवाई कारबाही, सातजनाको मृत्यु अनुमतिबिना गीत बजाएको आरोपमा ट्रम्पको समितिविरुद्ध नील यङको १० मिलियन डलरको मुद्दा एसईई २०८४ का लागि आवेदन म्याद खुला, विद्यार्थीले ५०० रुपैयाँ दस्तुर बुझाउनुपर्ने एपस्टिन प्रतिवेदनमा ट्रम्पमाथि गम्भीर आरोप, ह्वाइट हाउसको खण्डन संसदीय समितिमा मन्त्रालयको जानकारी : बाढीको नोक्सानी शीर्षकगत रूपमा मूल्यांकन हुँदैछ काँकडभिट्टा टोलीको कारबाहीमा तालमाराबाट १५० ग्राम हेरोइनसहित दुई जना नियन्त्रणमा चर्च आक्रमणको जवाफमा जोर्डनको सिरियामा हवाई कारबाही, सातजनाको मृत्यु अनुमतिबिना गीत बजाएको आरोपमा ट्रम्पको समितिविरुद्ध नील यङको १० मिलियन डलरको मुद्दा एसईई २०८४ का लागि आवेदन म्याद खुला, विद्यार्थीले ५०० रुपैयाँ दस्तुर बुझाउनुपर्ने एपस्टिन प्रतिवेदनमा ट्रम्पमाथि गम्भीर आरोप, ह्वाइट हाउसको खण्डन संसदीय समितिमा मन्त्रालयको जानकारी : बाढीको नोक्सानी शीर्षकगत रूपमा मूल्यांकन हुँदैछ काँकडभिट्टा टोलीको कारबाहीमा तालमाराबाट १५० ग्राम हेरोइनसहित दुई जना नियन्त्रणमा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

चितवन राष्ट्रिय निकुञ्जमा दशैंभर २० हजारभन्दा बढी पर्यटक, एक करोड ७३ लाख राजस्व

समाचार By

चितवन, ११ कात्तिक । दशैंको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न पुग्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ । निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्मको अवधिमा २० हजार ८७ जनाले निकुञ्जको भ्रमण गरेका हुन् ।

यही अवधिमा पर्यटकबाट एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार भ्रमण गर्ने पर्यटकमा ११ हजार ८९१ नेपाली, ८३१ सार्क मुलुकका नागरिक र सात हजार तीन सय ६५ तेस्रो मुलुकका विदेशी रहेका छन् ।

निकुञ्जको तथ्याङ्कले सबैभन्दा बढी पर्यटक सौराहा क्षेत्रबाट जीप सफारीमार्फत निकुञ्जभित्र प्रवेश गरेको देखाएको छ । दशैंको टीका लगत्तै सौराहाबाट जाने नेपाली पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको थियो । सौराहा पोस्टबाट कात्तिक ६ गते दुई हजार ३७, कात्तिक ७ गते दुई हजार ८६ र कात्तिक ८ गते एक हजार सात सय १३ नेपाली पर्यटक निकुञ्ज घुम्न गएका थिए ।

निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकसँग एक सय ५०, सार्क मुलुकका पर्यटकसँग एक हजार र तेस्रो मुलुकका पर्यटकसँग दुई हजार रुपैयाँ शुल्क लिइने गरिएको छ । जीप सफारीमा एकपटक जाँदा पाँच हजार रुपैयाँ लाग्ने व्यवस्था छ ।

जंगली जनावर र विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न र थारु संस्कृतिमा रमाउन पर्यटक चितवन पुग्ने गरेका छन् । निकुञ्जभित्र जीप सफारी, हात्ती सफारी र डुंगा सफारी मुख्य आकर्षण हुन् । सौराहासहित मेघौली, पटिहानी र जगतपुरमा पनि दशैंमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरूले बताएका छन् । गत आर्थिक वर्ष २०८२/०८३ मा निकुञ्जमा दुई लाख ७२ हजार नौ सय २३ पर्यटक पुगेका थिए ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *