Wednesday, November 4, 2026
Breaking
साढे तीन महिनादेखि ठप्प कित्ताकाट: वर्गीकरण नभएका ३३१ पालिकामा कारोबार बन्द नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिने सरकारी योजना मध्यावधि नतिजा स्वीकार्दै ट्रम्पले डेमोक्रेटसँग सहकार्य गर्ने संकेत गरे ब्रेक फेल भएर जिप सय मिटर तल खस्दा बझाङमा दुईको ज्यान गयो मध्यावधि निर्वाचनमा डेमोक्र्याटको ऐतिहासिक पुनरागमन, अमेरिकी सिनेटमा बहुमत इनम अडिओ प्रकरणमा समिति बैठक माग्दै नेकपा–राप्रपा, गृहमन्त्री र आइजिपीलाई बोलाउन आग्रह साढे तीन महिनादेखि ठप्प कित्ताकाट: वर्गीकरण नभएका ३३१ पालिकामा कारोबार बन्द नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिने सरकारी योजना मध्यावधि नतिजा स्वीकार्दै ट्रम्पले डेमोक्रेटसँग सहकार्य गर्ने संकेत गरे ब्रेक फेल भएर जिप सय मिटर तल खस्दा बझाङमा दुईको ज्यान गयो मध्यावधि निर्वाचनमा डेमोक्र्याटको ऐतिहासिक पुनरागमन, अमेरिकी सिनेटमा बहुमत इनम अडिओ प्रकरणमा समिति बैठक माग्दै नेकपा–राप्रपा, गृहमन्त्री र आइजिपीलाई बोलाउन आग्रह

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

जलजलाका पहिरोग्रस्त बस्तीमा भौगर्भिक अध्ययन सुरु, पुनर्निर्माण सुझावकै आधारमा

समाचार By

पर्वतको जलजला गाउँपालिकामा मनसुनजन्य विपद्बाट क्षति पुगेका पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्सहितको टोलीले म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोडिएको जलजलाका पहिरो प्रभावित बस्तीको स्थलगत अध्ययन गरिरहेको छ ।

भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङका पहिरोको अध्ययन गरेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । उनका अनुसार टोलीले बुधबार केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अध्ययन गर्ने छ । क्षति पुगेका बस्तीमा थप जोखिम पहिचान गर्न गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले टोली पठाएको हो ।

टोलीले क्षति भएका र जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै ढुंगा र माटोको नमूना संकलन गरेको छ भने ड्रोन क्यामेराबाट तस्बिर र श्रव्यदृश्य सामग्री समेत लिएको छ । प्रभावितसँग छलफल गरेर तयार पारिने अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताए ।

गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको छ भने १४० घर जोखिममा छन् । बाढीपहिरोले निजी आवाससँगै कोदो र धानलगायत खाद्यबाली, सुन्तलाखेती, सडक, खानेपानी र सिँचाइका पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

सबैभन्दा बढी जलजला–८ फर्सेमा ७५ घर बगाएको छ भने २७ घर जोखिममा छन् । घर नभएका प्रभावितलाई अस्थायी शिविरमा राखिएको छ । वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् भने वडा नं ४ को लामाखेतमा समेत कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *