बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ। राजस्थान प्रहरीको एन्टी ग्याङस्टार टास्क फोर्स (एजीटीएफ) र कोटा प्रहरीको संयुक्त कारबाहीमा सोमबार तीन जना आरोपीलाई कोटा रेलवे स्टेसनबाट पक्राउ गरिएको हो।पक्राउ परेकामध्ये दुई जना हरियाणा र एक जना महाराष्ट्रका बासिन्दा छन्। प्रहरीका अनुसार उनीहरू मुम्बईबाट दिल्लीतर्फ गइरहेको रेलमा सवार थिए र दिल्ली पुग्नुअघि कोटामा समातिएका हुन्। यी तीनै जना अभिनेता श्राफलाई गोली चलाउने समूहका प्रमुख सदस्य भएको प्रहरीको दाबी छ।त्यस्तै सोमबार नै महाराष्ट्र–गुजरात सीमाबाट अर्का एक जनालाई पक्राउ गरिएको छ भने आइतबार नै एक जना समातिएका थिए। यसरी अहिलेसम्म यो घटनासँग जोडिएका पाँच जना प्रहरी हिरासतमा छन्।गोली प्रहारको घटनाले बलिउडमा सुरक्षा चुनौतीको विषयलाई फेरि एकपटक चर्चामा ल्याएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टाइगर श्राफमाथि गोली चलाएको आरोपमा पाँच जना पक्राउ
