Tuesday, November 10, 2026
Breaking
ढोरपाटनमा सिकार यामसँगै पर्यटकको आगमन बढ्यो बैंक नोटमा नेपाल संवत् अङ्कन गर्ने सरकारको प्रतिबद्धताको सांसद रञ्जितले गरे प्रशंसा नौ वर्षको प्रतीक्षापछि खजुराको चारलेन सडक तयार, बजारको मुहार फेरियो बढैयातालमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर झापामा जुवाखालमा प्रहरीको छापा : दुई स्थानबाट २२ जना पक्राउ लेकसाइडमा अपरेसन सभ्यता जारी : एक रातमा थप १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा ढोरपाटनमा सिकार यामसँगै पर्यटकको आगमन बढ्यो बैंक नोटमा नेपाल संवत् अङ्कन गर्ने सरकारको प्रतिबद्धताको सांसद रञ्जितले गरे प्रशंसा नौ वर्षको प्रतीक्षापछि खजुराको चारलेन सडक तयार, बजारको मुहार फेरियो बढैयातालमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर झापामा जुवाखालमा प्रहरीको छापा : दुई स्थानबाट २२ जना पक्राउ लेकसाइडमा अपरेसन सभ्यता जारी : एक रातमा थप १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

नौ वर्षको प्रतीक्षापछि खजुराको चारलेन सडक तयार, बजारको मुहार फेरियो

समाचार By

खजुरा (बाँके) । नौ वर्षदेखि अलपत्र परेको खजुराबजारको चारलेन सडक निर्माण सम्पन्न भएपछि बजारको मुहार फेरिएको छ।

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुराबजार क्षेत्रको एक हजार ८०० मिटर सडक स्तरोन्नति गरिएको हो। सडकमा १६ मिटर चौडाइको कालोपत्रे र करिब दुई मिटरको फुटपाथ बनाइएको योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। सोही खण्डमा पर्ने पेडारी नालाको पुल निर्माणका लागि छुट्टै ठेक्का लगाइएको थियो।

यसअघि विसं २०७४ मा सडक डिभिजनले ठेक्का लगाएको यो सडक गजुरमुखी कन्स्ट्रक्सनले विसं २०७४ चैतदेखि निर्माण सुरु गरेको थियो। विसं २०७७ चैतसम्म सम्पन्न गर्नुपर्ने सडक गुणस्तरहीन र अधुरै छोडिएपछि यात्रुले वर्षौंसम्म सास्ती खेप्नुपरेको थियो। स्थानीयको निरन्तर विरोध र ठेकेदारको लापरबाहीपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो।

त्यसपछि हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर करिब सात करोड रुपैयाँको लागतमा मैटहवा–एनएटी–स्टेटलाइट जेभीमार्फत सडक निर्माण गराएको हो। नेपालगञ्ज–गुलरिया खण्डको २७ किलोमिटर सडक यसअघि नै सञ्चालनमा आइसकेको छ।

सडक बनेपछि खजुरा बजारको पहुँच बढेको गाउँपालिका अध्यक्ष डम्बर बिकले बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *