Tuesday, October 27, 2026
Breaking
एनपीएलमा मंगलबार डबल हेडर: विराटनगर–चितवन र कर्णाली–जनकपुरको पुरानो हिसाब केनको ऐतिहासिक रात: बालोन डी’ओरमा २५ वर्षे इंग्लिस खडेरी अन्त्य राष्ट्रसंघीय आयोग: युद्धविरामपछि पनि गजामा इसराइली कार्य नरसंहारकै निरन्तरता कोटथुम्का : हिमाल हेर्ने थुम्को, बुद्ध पार्कको शान्ति भोटेकोशी बाढीमा हराएकाको डीएनए रिपोर्ट नआउँदा परिवारको दसैँ पीडामै बित्यो पाइपलाइन बिग्रिएपछि बेनीमा खानेपानीको हाहाकार, २५ हजार बासिन्दा प्रभावित एनपीएलमा मंगलबार डबल हेडर: विराटनगर–चितवन र कर्णाली–जनकपुरको पुरानो हिसाब केनको ऐतिहासिक रात: बालोन डी’ओरमा २५ वर्षे इंग्लिस खडेरी अन्त्य राष्ट्रसंघीय आयोग: युद्धविरामपछि पनि गजामा इसराइली कार्य नरसंहारकै निरन्तरता कोटथुम्का : हिमाल हेर्ने थुम्को, बुद्ध पार्कको शान्ति भोटेकोशी बाढीमा हराएकाको डीएनए रिपोर्ट नआउँदा परिवारको दसैँ पीडामै बित्यो पाइपलाइन बिग्रिएपछि बेनीमा खानेपानीको हाहाकार, २५ हजार बासिन्दा प्रभावित

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

भोटेकोशी बाढीमा हराएकाको डीएनए रिपोर्ट नआउँदा परिवारको दसैँ पीडामै बित्यो

समाचार By

गत भदौ १० गतेको भोटेकोशी बाढीमा हराएका आफन्तको खबर नआउँदा बाँकेका परिवारले यस वर्षको दसैँ पीडामै बिताएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायको परिवार पनि त्यही पीडामा छ। रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने उनका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न गएका १९ वर्षीय छोरा दीपक रोकाय दुई महिनादेखि बेपत्ता छन्।

सास वा लास केही फेला नपर्दा सामाजिक संस्कार गर्न नसकेको रोकायले बताए। उनले भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका छन्, तर रिपोर्ट अझै आएको छैन। सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता घोषणा गरेपछि मात्रै संस्कार गर्ने सोच परिवारले बनाएको छ।

रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा हराएपछि उनका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका आमाबुवा फर्किने बाटो हेरिरहेका छन्। नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले खोजी जारी राख्न र सहाराविहीन बालबालिकाको पालनपोषण तथा शिक्षामा समन्वय भइरहेको बताए।

बाँकेमा सम्पर्कमा आएका १६ जनाको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिए। अन्य आफन्तको काठमाडौँ र चितवनका अस्पतालमा नमुना सङ्कलन भएको छ। बाँके जिल्लामा भोटेकोशी बाढीपछि २३ जना अझै बेपत्ता छन् भने तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको र ३२ जनाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *