Wednesday, November 4, 2026
Breaking
बङ्गलादेशमा गार्मेन्ट मजदुरको तलब बढ्ने, पाँच दिने आन्दोलनपछि सहमति ऊर्जा सहकार्य विस्तारमा नेपाल–भारत सहमत, विद्युत् व्यापार र जलविद्युत् आयोजनामा जोड सुनकोशी–मरिन ठेक्का रद्द : अदालत गए निर्णय उल्टिन सक्ने विज्ञको भनाइ कांग्रेसको माग : आफूमाथिका आरोपको स्वतन्त्र र निष्पक्ष छानबिन होस् अनुमतिबिना निषेधित क्षेत्रमा पर्यटक लैजाने एजेन्सीमाथि जरिबाना अध्यादेशबाट प्रेसमाथि नियन्त्रण बढ्ने भन्दै महासङ्घले राष्ट्रपतिसमक्ष प्रमाणीकरण रोक्न माग्यो बङ्गलादेशमा गार्मेन्ट मजदुरको तलब बढ्ने, पाँच दिने आन्दोलनपछि सहमति ऊर्जा सहकार्य विस्तारमा नेपाल–भारत सहमत, विद्युत् व्यापार र जलविद्युत् आयोजनामा जोड सुनकोशी–मरिन ठेक्का रद्द : अदालत गए निर्णय उल्टिन सक्ने विज्ञको भनाइ कांग्रेसको माग : आफूमाथिका आरोपको स्वतन्त्र र निष्पक्ष छानबिन होस् अनुमतिबिना निषेधित क्षेत्रमा पर्यटक लैजाने एजेन्सीमाथि जरिबाना अध्यादेशबाट प्रेसमाथि नियन्त्रण बढ्ने भन्दै महासङ्घले राष्ट्रपतिसमक्ष प्रमाणीकरण रोक्न माग्यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

मनास्लुमा निरन्तर झरिरहेको सुक्खा पहिरोले सेराङ गुम्बाका ४०० जना प्रभावित

समाचार By

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा मङ्गलबार बिहानदेखि सुक्खा पहिरो निरन्तर झरिरहेको छ। चुमनुब्री गाउँपालिका–५ क्य्राकमा गएको पहिरोले सेराङ गुम्बा जाने बाटो प्रभावित भएको छ।

वडाध्यक्ष काल्देन छेवाङ लामाका अनुसार क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङमा ठूलो पहिरो झरिरहेको छ। बिहान ११ बजेतिर धुवाँ उडेजस्तो देखिएर पहिरो झरेको थियो। दिउँसो १ बजेतिर गएर हेर्दा पनि पहिरो झरिरहेकै थियो। राति पनि उस्तै गरी झर्यो।

साकिमा डाँडाबाट सेराङ खोलासम्म करिब ३०० मिटरभन्दा लामो पहिरो झरेको लामाले बताए। डाँडाबाट खोलासम्मको दूरी करिब ३०० मिटर छ। पहिरो अहिले पनि झरिरहेकाले कति फराकिलो छ भन्ने थाहा पाउन सकिएको छैन।

पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनालाई समस्या परेको छ। गुम्बामा लामा पढ्ने करिब २०० विद्यार्थी छन्। लामा गुरु र गुम्बाको वृद्धाश्रममा गरी थप २०० जना त्यहाँ बस्छन्। उनीहरूलाई रासनलगायत आवश्यक सामग्री पुर्‍याउन कठिन हुने भएको छ।

हिमाली भेगमा सुक्खा पहिरो र हिमपहिरो धमाधम झर्न थालेपछि स्थानीयबासी चिन्तित बनेका छन्। केही समयअघि असोज २५ गते सेराङ हिमालको पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिएको थियो। त्यसपछि बूढीगण्डकीमा विनाशकारी बाढी गएको थियो।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *