Friday, November 6, 2026
Breaking
विश्वकप शतकवीर युवराज सम्रा पोखरा एभेन्जर्समा, युएईका मर्चेन्ट पनि अनुबन्धित भूमिगत नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन, आर्यघाटमा श्रद्धाञ्जली एक दिनको राजस्वभन्दा कम भयो वर्षभरको अनुदान, अर्थमन्त्रीको चेतावनी प्रस्तावित न्यायाधीश पाण्डेविरुद्धको उजुरीमा ढकालमाथि समितिको कडा प्रश्न छ जिल्लामा छुट्टाछुट्टै दुर्घटना, एक महिनाका शिशुसहित छ जनाको ज्यान गयो पाँच जिल्लामा जुवातास खेलिरहेका ५० जनालाई प्रहरीले पक्राउ गर्‍यो विश्वकप शतकवीर युवराज सम्रा पोखरा एभेन्जर्समा, युएईका मर्चेन्ट पनि अनुबन्धित भूमिगत नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन, आर्यघाटमा श्रद्धाञ्जली एक दिनको राजस्वभन्दा कम भयो वर्षभरको अनुदान, अर्थमन्त्रीको चेतावनी प्रस्तावित न्यायाधीश पाण्डेविरुद्धको उजुरीमा ढकालमाथि समितिको कडा प्रश्न छ जिल्लामा छुट्टाछुट्टै दुर्घटना, एक महिनाका शिशुसहित छ जनाको ज्यान गयो पाँच जिल्लामा जुवातास खेलिरहेका ५० जनालाई प्रहरीले पक्राउ गर्‍यो

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

राहुघाट सुरुङको विस्फोटले चर्किएका घरधनीलाई क्षतिपूर्ति, मङ्सिर ४ भित्र निवेदन दिन आह्वान

समाचार By

म्याग्दीमा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा क्षति पुगेका घरधनीलाई क्षतिपूर्ति दिने प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले प्रभावित घरधनीसँग निवेदन सङ्कलन थालेको हो।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृहसम्म जोड्ने छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङ खन्ने बेला भएको विस्फोटको कम्पनले आसपासका घर भत्किएका र चर्किएका थिए। ती घरधनीले आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन बुझाउनुपर्ने छ। यसबारे सार्वजनिक सूचना जारी भइसकेको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

निवेदन सङ्कलनपछि क्षतिको मूल्याङ्कन गरिने र सरकारको मापदण्ड तथा प्रक्रिया पूरा गरेर नियमसङ्गत रूपमा क्षतिपूर्ति वितरण गरिने उनले बताए।

यसअघि सर्जसाफ्ट, प्रेसर साफ्ट र अडित नम्बर ३ को सुरुङ वरपर कम्पनका कारण बस्न नसकिने भएका करिब ३० घरपरिवारलाई अस्थायी टहरा बनाउन न्यूनतम एक लाख ७५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म दिइएको थियो।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले गरेको स्थलगत निरीक्षणमा सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार भएको छ। तर जिम्मेवार निकायले प्रतिवेदनको अपनत्व नलिएका कारण क्षतिपूर्ति वितरणमा ढिलाइ भएको प्रभावित र जनप्रतिनिधिको गुनासो छ।

भौतिक संरचना निर्माण सकिएको आयोजनाले गत असोज पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको छ। भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा आयोजना निर्माण भएको हो। आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *