Thursday, November 5, 2026
Breaking
गोर्खाजको कसिलो बलिङ : किंग्स ८३ रनमै अलआउट, लक्ष्य ८४ कर्णालीमा युवा जलवायु सम्मेलन : विपद् जोखिम घटाउन युवाको भूमिका अनिवार्य सट्टापट्टा प्रस्तावको जिम्मा सचिवालयकै हो : अख्तियारमा रिजालको बयान प्रदर्शन नियन्त्रण गर्दा मानव अधिकारलाई पहिलो प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन किनेकै दिन सेयर बेच्न मिल्ने व्यवस्था आउँदै, सेबोनले तयार पार्‍यो नियमावलीको मस्यौदा साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो सुरु गोर्खाजको कसिलो बलिङ : किंग्स ८३ रनमै अलआउट, लक्ष्य ८४ कर्णालीमा युवा जलवायु सम्मेलन : विपद् जोखिम घटाउन युवाको भूमिका अनिवार्य सट्टापट्टा प्रस्तावको जिम्मा सचिवालयकै हो : अख्तियारमा रिजालको बयान प्रदर्शन नियन्त्रण गर्दा मानव अधिकारलाई पहिलो प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन किनेकै दिन सेयर बेच्न मिल्ने व्यवस्था आउँदै, सेबोनले तयार पार्‍यो नियमावलीको मस्यौदा साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो सुरु

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

यौनिक अल्पसंख्यकको राजनीतिक नेतृत्व विकास गर्न नयाँ परियोजना

समाचार By

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकास गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच बढाउने उद्देश्यसहित ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना सुरु भएको छ ।

युरोपेली संघको आर्थिक सहयोगमा एक्सनएड इन्टरनेसनल नेपाल, लिड नेपाल, समावेशी मञ्च नेपाल र मायाको पहिचान नेपालको सहकार्यमा सुरु भएको परियोजनाले समुदायलाई मतदातामा मात्र सीमित नराखी राजनीतिक दलका सदस्य, नेतृत्वकर्ता, उम्मेदवार, जनप्रतिनिधि तथा नीति निर्माण तहका निर्णयकर्ताका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । सन् २०२६ देखि २०२९ सम्म सातै प्रदेशमा सञ्चालन हुने परियोजनाले समुदायको राजनीतिक क्षमता र नेतृत्व विकाससँगै राजनीतिक दल तथा राज्यका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न पहल गर्नेछ ।

परियोजनाका लागि सातै प्रदेशका ४३० जना यौनिक अल्पसंख्यक समुदायका व्यक्तिमा गरिएको सर्वेक्षणले राजनीतिक सहभागिता र प्रतिनिधित्वको अवस्था कमजोर रहेको देखाएको छ । सर्वेक्षणअनुसार ९०.९ प्रतिशत सहभागीले राजनीतिक प्रतिनिधित्व पर्याप्त नभएको बताएका छन् भने ६८.४ प्रतिशतले राजनीतिक सहभागिताका क्रममा आफूलाई सुरक्षित महसुस नगर्ने बताएका छन् । राजनीतिक दलमा आबद्ध व्यक्तिको संख्या भने १७.४ प्रतिशत मात्रै रहेको सर्वेक्षणले देखाएको छ ।

शुभारम्भ कार्यक्रममा एक्शनएडकी कार्यकारी निर्देशक सुजिता माथेमाले समुदायको अधिकार र समावेशिता सुनिश्चित गर्न नीति, नियत र व्यवहारमै परिवर्तन आवश्यक रहेको बताइन् । संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले संविधानको धारा ४२ ले समानुपातिक समावेशिताको हकअन्तर्गत समुदायलाई समेटे पनि त्यसअनुसारका कानुनी तथा संस्थागत व्यवस्था पर्याप्त नभएको बताए ।

परियोजनाले राजनीतिक ज्ञान र नेतृत्व विकास, अनुभवी नेतृत्वसँगको मार्गदर्शन, नीतिगत सुधारका लागि पैरवी र राजनीतिक दल तथा सार्वजनिक निकायसँगको सहकार्य गरी चार क्षेत्रमा काम गर्नेछ । यसले करिब तीन हजार व्यक्तिसम्म प्रत्यक्ष पहुँच पुर्‍याउने र करिब नौ लाख जनसंख्यामा प्रभाव पार्ने लक्ष्य राखेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *