Thursday, November 5, 2026
Breaking
सशस्त्र प्रहरीलाई उच्च सतर्कताको निर्देशन, भीड नियन्त्रणमा अनावश्यक बल प्रयोग नगर्न चेतावनी एनपीएल : गोर्खाजको फराकिलो जित, किंग्स ९ विकेटले स्तब्ध तिहारमा ५० हजारभन्दा बढी प्रहरी खटिए, जुवातास र पटकामाथि कडा निगरानी उजुरी नआए पनि छानबिन गर्न पाउने गरी प्रेस काउन्सिलको अधिकार विस्तार पुटिनको नयाँ आदेश: जापानी सुर्ती कम्पनी जेटीआईको रूसी सम्पत्ति राज्यको नियन्त्रणमा पहिलो त्रैमासमा राजस्वमा उत्साह, खर्चमा भने पुरानै ढाँचा सशस्त्र प्रहरीलाई उच्च सतर्कताको निर्देशन, भीड नियन्त्रणमा अनावश्यक बल प्रयोग नगर्न चेतावनी एनपीएल : गोर्खाजको फराकिलो जित, किंग्स ९ विकेटले स्तब्ध तिहारमा ५० हजारभन्दा बढी प्रहरी खटिए, जुवातास र पटकामाथि कडा निगरानी उजुरी नआए पनि छानबिन गर्न पाउने गरी प्रेस काउन्सिलको अधिकार विस्तार पुटिनको नयाँ आदेश: जापानी सुर्ती कम्पनी जेटीआईको रूसी सम्पत्ति राज्यको नियन्त्रणमा पहिलो त्रैमासमा राजस्वमा उत्साह, खर्चमा भने पुरानै ढाँचा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

कर्णालीमा युवा जलवायु सम्मेलन : विपद् जोखिम घटाउन युवाको भूमिका अनिवार्य

समाचार By

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले प्रदेशस्तरीय युवा जलवायु सम्मेलन विपद् जोखिम न्यूनीकरणको आधार बन्नुपर्ने बताएका छन्। सम्मेलनको उद्घाटन गर्दै उनले युवाको सुरक्षित भविष्य निर्माणमा यस्ता कार्यक्रम कोसेढुङ्गा साबित हुने धारणा राखे।

जलवायु परिवर्तनको असरबाट कर्णाली टाढा नरहेको उल्लेख गर्दै मन्त्री खड्काले प्रदेश अझ बढी जोखिममा रहेको बताए। जलवायु परिवर्तनको असर घटाउने र त्यससँग जुध्ने कार्यक्रममा युवाको सहभागिता अनिवार्य सर्त हुनुपर्ने उनको भनाइ छ। सामुदायिक वनको संरक्षण र प्रवर्द्धनले हरित क्रियाकलापमा ठूलो भूमिका खेल्ने भएकाले युवाले त्यसमा सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए।

प्रदेश सरकारले जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम घटाउने कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आएको उनले बताए। विकास साझेदार, युवा, पत्रकार र नागरिक समाजले सरकारलाई निरन्तर सचेत गराइरहनुपर्ने सुझाव पनि उनले दिए।

सम्मेलन कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा किर्डाक नेपाललगायत संस्थाको आयोजनामा भएको हो। सम्मेलनमा कर्णालीका ४५ स्थानीय तहका करिब एक सय युवाको सहभागिता रहेको थियो। कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार सहप्राडा सुदीप ठकुरीलगायतले जलवायु परिवर्तनका चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *