Thursday, November 5, 2026
Breaking
गोर्खाजको कसिलो बलिङ : किंग्स ८३ रनमै अलआउट, लक्ष्य ८४ कर्णालीमा युवा जलवायु सम्मेलन : विपद् जोखिम घटाउन युवाको भूमिका अनिवार्य सट्टापट्टा प्रस्तावको जिम्मा सचिवालयकै हो : अख्तियारमा रिजालको बयान प्रदर्शन नियन्त्रण गर्दा मानव अधिकारलाई पहिलो प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन किनेकै दिन सेयर बेच्न मिल्ने व्यवस्था आउँदै, सेबोनले तयार पार्‍यो नियमावलीको मस्यौदा साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो सुरु गोर्खाजको कसिलो बलिङ : किंग्स ८३ रनमै अलआउट, लक्ष्य ८४ कर्णालीमा युवा जलवायु सम्मेलन : विपद् जोखिम घटाउन युवाको भूमिका अनिवार्य सट्टापट्टा प्रस्तावको जिम्मा सचिवालयकै हो : अख्तियारमा रिजालको बयान प्रदर्शन नियन्त्रण गर्दा मानव अधिकारलाई पहिलो प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन किनेकै दिन सेयर बेच्न मिल्ने व्यवस्था आउँदै, सेबोनले तयार पार्‍यो नियमावलीको मस्यौदा साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो सुरु

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

जाडोमा बढ्ने प्रदूषण रोक्न महानगरको कडा कदम, धुवाँ फाल्ने सवारी र फोहोर जलाउनेलाई कारबाही

समाचार By

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै उपत्यकामा बढ्न सक्ने वायु प्रदूषण रोक्न कडा कदम चालेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै मापदण्ड विपरीत धुवाँ फाल्ने सवारीसाधन चलाउने र फोहोर खुला जलाउनेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो, उद्योग कलकारखानाबाट निस्कने उत्सर्जन र खुला रूपमा प्लास्टिकजन्य फोहोर बाल्ने कार्य उपत्यकाको वायु प्रदूषणका प्रमुख कारण हुन्। जाडोयाममा चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने हुँदा प्रदूषणको स्तर थप बढ्ने गर्दछ।

यस्तो खराब वायुले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी तथा श्वासप्रश्वासका बिरामी र दीर्घरोगीलाई बढी जोखिममा पार्ने महानगरले जनाएको छ। त्यसैले महानगरले सवारीसाधनलाई प्रचलित प्रदूषण मापदण्डभित्र राखेर चलाउन र नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न आग्रह गरेको छ।

त्यसैगरी निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्न र ढुवानी तथा लोड–अनलोड गर्दा धुवाँधुलो ननिस्कने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। प्लास्टिकजन्य तथा अन्य फोहोरमैला खुला जलाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। महानगरभित्र सञ्चालित उद्योग, कलकारखाना र अस्पतालहरूलाई ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेरमात्र काम गर्न र प्रदूषण कम गर्ने उपकरण अनिवार्य प्रयोग गर्न भनिएको छ। सर्वसाधारणलाई घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न पनि महानगरले सुझाएको छ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *