Friday, November 6, 2026
Breaking
सरकारविरुद्ध विपक्षी एकजुट हुँदै, संसद् बोलाउन माग गर्दै सडक आन्दोलनको तयारी भोटेकोशी बाढीले अर्थतन्त्रमा साढे चार खर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा सात खर्ब आवश्यक भारत भ्रमणमा दुई अर्ब डलरको प्याकेजसहित नेपालको ठूलो प्रस्ताव: द्रुतमार्ग, रेल र हवाई सम्पर्कमा के–के छ? कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : घर बीमा र लोककल्याणकारी विज्ञापन कार्यविधि स्वीकृत कर्णालीमा स्याउ बोर्डसम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी, मन्त्रिपरिषद्बाट स्वीकृति मिलन लिम्बुको दुई गोलमा सेकाहाले उचाल्यो सङ्खुवासभा गोल्डकपको उपाधि सरकारविरुद्ध विपक्षी एकजुट हुँदै, संसद् बोलाउन माग गर्दै सडक आन्दोलनको तयारी भोटेकोशी बाढीले अर्थतन्त्रमा साढे चार खर्बभन्दा बढी क्षति, पुनर्निर्माणमा सात खर्ब आवश्यक भारत भ्रमणमा दुई अर्ब डलरको प्याकेजसहित नेपालको ठूलो प्रस्ताव: द्रुतमार्ग, रेल र हवाई सम्पर्कमा के–के छ? कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : घर बीमा र लोककल्याणकारी विज्ञापन कार्यविधि स्वीकृत कर्णालीमा स्याउ बोर्डसम्बन्धी विधेयक प्रदेश सभामा लैजाने तयारी, मन्त्रिपरिषद्बाट स्वीकृति मिलन लिम्बुको दुई गोलमा सेकाहाले उचाल्यो सङ्खुवासभा गोल्डकपको उपाधि

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / राजनीति

सापकोटा मोबाइल प्रकरणमा सत्ताको दुरुपयोग भएको एमाले नेतृ अर्यालको आरोप

राजनीति By

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा रहनुले सत्ताको दुरुपयोगका साथै प्रमाण नष्ट हुने आशङ्का देखिएको बताइन् ।

सुशासनको नारा दिएर आएको सरकारले कानुनी र नैतिक हिसाबले यसको जवाफ दिनुपर्ने उनको भनाइ छ । प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीको सल्लाहकारको निजी निवासमा पुग्नु, म्यासेज डिलिट हुनु र स्क्यान गरिनुजस्ता विषय गम्भीर रहेको उनले बताइन् । यस विषयमा जोडिएका व्यक्तिहरूमाथि छानबिन हुनुपर्ने धारणा उनले राखिन् ।

नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको एक व्यावसायिक र स्वतन्त्र संस्था भएकाले यसमाथिको हस्तक्षेपले शान्ति सुरक्षालाई कमजोर बनाउने उनको तर्क छ ।

अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहिता पनि रास्वपाले लिनुपर्ने बताइन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *